तिमी
देश खोज्ने मान्छे
देश लुटेर \ लुटाएर छातीमा
जित्न नखोज ओखलढुंङा
केही जित्दैनौं
कतै जित्दैनौं
भोगेकाछौ\ भोग्नेछौ
देखेकाछौ\देख्नेछौ
सिद्धिचरणका क्ष्तविक्षत् लाशहरु...
र,एकतमास रुनेछौ
पश्चातापका आँशुहरु.....
तिमी
धेरै खेल्यौ
गोलाबरुदसँग
जहाँ पनि
जहिले पनि
मार्यौ\मर्यौ
सुकोमल मान्छेका
दर्दनाक मृत्युहरु...
यतिखेर म-
कसलाई दिउँ?
शरबिहीन लाशहरु....
कसलाई मागौ?
कति मागौ?
औठाछाप भर्पाइसँग साटिएका
बहकाउ जिन्दगीहरु...
कसलाई सुनाउँ-
लिवाङ्गका जिउँदो कथाहरु....
तिमी आइन्दा-
मार्न,मारिनु हुँदैन
रोल्पामा
रुकुममा
हुम्लामा
जुम्लामा
वा राजधानीको व्यस्त सडकमा
धेरै भो,
अब त छोड
सेतो बाघ ओढार पस्न
र,कुखुराको उमेर बाँच्न पनि
तिमी
फर्क-
तिम्रो जीवन माफी तिमीलाई
अनि,निर्ढुक्क निदाउ
निदाउन देउ
यतिन्जेलका भयभीत रातहरु...
र, एउटै आस्थामा एकाकार भएर
निर्माण गरौं-
अर्को युग
देशभित्रै
उन्मुक्तिको।
आत्मसम्मानको।
त्यो पूर्णत: शाश्वत् नेपालीको।
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment