Thursday, February 25, 2010

कविता - "फरक" - बज्र कुमार राई


तिम्रो प्रेमको अनुभूतिमा हराउँछु
तिमी
मेरो पुश्ट छातीमा खेल्छौ
र,बर्णन गर्न थाल्छौ-
रेशमी बाल...
म्रिग नयनी आँखा...
मोती जस्ता दन्त...
पार्वती जस्ती...
मेरी प्राण प्यारी...
आदी आदी


तिम्रो प्रशंशाको सागरमा डुब्छु
अनि कल्पन्छु-
सुन्दर भविश्यका
साँचो सपनाहरु...
मानौं म नै संसारकी शौभाग्यशाली!

तिमीसँग भाग्य र भविश्य जोडेर
समाहित हुन्छु
एकबारको जुनि
तिमीमा समर्पित गर्दै।

तिमी
मेरो चालढाल र बत्तिस लक्षण खोज्दै
औला ठड्याउछौ
मेरै चरित्रमा।

तिम्रो रगतको डल्ला हुर्काउँछु
तिमी हान्छौ लात पेटमा।


लम्पसार पर्छु सैयौं पटक
मृत्‍युको आँगनमा
तिमी घ्वारघ्वार्ती निदाउछौ
मस्तीको ओछ्यानमा।


सहन्छु-
त्यही नकचरो मुखबाट
पापिश्ट सोचाई र गालिहरु
तिमी उखाल्छौ जगल्टा
त्यही रेशमी कपालको।


तिम्रो सफलता र चिरायूको निम्ति
ब्रत राखेर
मन्दिर धाउँछु
तिमी लागेर लैइलैइमा
सल्किन्छौ
चरित्रहीनसँग
र,पर्छौ बेघरबार
मलाई नै।


तिम्रो लालाबालाको निम्ति
रगत आँशु बेचेर
चिचिपापा,नानाको
चाँजोपाँजो मिलाउँछु
तिमी जमेर खाल
धोकेर झोल...
फुर्ती लगाउछौ
बेशरम।


तिम्रो खुट्टा धोएको पानी पिएर
मर्नलाई छट्पटाइ रहेकी हुन्छु
तिमी संकट टरेको खुशी मान्दै
अर्किलाई सिन्दुर-पोते तयार पार्छौ।

यथार्थमा-

हरपल मरिरहेकी हुन्छु
तिमी बेफिक्री बाँचिरहेको हुनछौ।
यही हो नतिजा
मेरो प्रेमको...

No comments:

Post a Comment