Thursday, August 26, 2010

कविता- विरोधाभास - बज्र कुमार राई

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनुँ?
कसरी भनुँ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई।

जीवन संघर्ष हो-
र,संघर्ष सधैं बिजयी हुन्छ भनेर
म कुन महान युध्दको इतिहास देखाउँ?
रगतको आहालबाट
गरीबको विभत्स्य टाउको झिकेर।
जसलाई,
न झण्डाले चिन्यो
न डण्डाले चिन्यो
निरर्थक मारीए-
बिचरा ति भोलिका उज्यालो देख्न चाहनेहरु।

किन हो खोइ!
मलाई त यस्तो लाग्छ-
भोलिको उज्यालोमा
एकाबिहानै
काग,गिध्द र हुचिलहरु
सर्प, बिरालो र मालसाप्राहरु
ब्वाँसो,स्याल-प्याउराहरु
उठ्ने छन् जुरुक्कै
अशक्त मान्छेको गन्धले।
र, फेरी लुछ्ने छन्
फेरी घिसार्ने छन्
मान्छेलाई।
अनि, म कसरी भनुँ!?
उज्यालोमा मान्छे सुरक्षित छ भनेर
भलै म उज्यालो र भोलिको कट्टर दुष्मन होइन।

ए! भोलिको सपना सजाउनेहरु हो
भोलि पक्कै आउँछ
उज्यालो भएर।
आशा गर-
पक्कै त्यो -
आउँछ आउँछ
तर,कसरी आउँछ!
त्यो भोलि नै देख्नेछौ।

गजल- बज्र कुमार राई

जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामाभन्दा चितामा जलाई देउ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु

गजल - बज्र कुमार राई

सुगा रटाई नारा मात्रै घोक्नु हुन्न अब
नयाँ नेपालको चाहनालाई रोक्नु हुन्न अब

समयको चाल बुझ्दै अघि बढ्नु पर्छ हामी
निर्धाहरुले सधैं बन्दुक बोक्नु हुन्न अब

जटीलताको निराकरण टेबलमा खोज्नु पर्छ
आवेश पाल्दै तातो गोली ठोक्नु हुन्न अब

बिर्सिएर तितो बिगत माटो समाई प्रण गरौं
देशप्रेमीले देशकै शरीर टोक्नु हुन्न अब

मीठो सम्बन्ध निर्माणमा एकाकार हुने बेला
एकार्कामै टाउकोको मूल्य तोक्नु हुन्न अब

गजल- बज्र कुमार राई

भित्र पत्र चोरी भएको खाम भयो मेरो माया
गोप्य कुरा हल्ला चल्यो बदनाम भयो मेरो माया

उनीलाई भेट्ने चौतारीमा कुरीरहन्थें सधैं
अर्कै बाटो हिड्न थालेछिन् बेकाम भयो मेरो माया

दुई मुटुको अन्तर-सम्बन्ध अनमोल छ भन्थें
किन्नेहरुको बिगबिगीमा लिलाम भयो मेरो माया

मनको देवी खोज्नलाई टाढा मन्दिर नजाउँ भन्दा
घरै छेउको अपहेलित धाम भयो मेरो माया

मन खुशीको उज्यालोमा दुइ जिन्दगी बिताउँ भन्दा
भोगाइमा क्षितिजपारीको घाम भयो मेरो माया

गजल- बज्र कुमार राई

आउँदै गरेका खुशीहरु टर्ने भयो आज
छातीभित्रै चाहनाहरु मर्ने भयो आज

तिम्रो लागि रातो गुलाब रोपेको'थें मैले
कोपिलामै ति फूलहरु झर्ने भयो आज

पीडा नै प्रिय लाग्छ तिम्रो यादमा भक्कनिंदा
यि आँखाले आँशुको बिष भर्ने भयो आज

भावनाको सुन्दर महल अन्तर्घातले ढलेपछि
यो उदासी मनले डेरा सर्ने भयो आज


स्वार्थी यो शहरमा तिम्रो खुशी नभेटेर
जिन्दगीले सात समुन्द्र तर्ने भयो आज

गजल-बज्र कुमार राई

मेरो यो शरीरमा खुन जस्तो तिमी
जिन्दगीको अध्याँरोमा जुन जस्तो तिमी

तिमीबिना जिउँनुको कुनै स्वाद छैन
म बाँच्नुको दैनिकीमा नून जस्तो तिमी

विवशताको जाडोले आफैंभित्र कठांग्रिदा
यथार्थमा न्यानो दिने उन जस्तो तिमी

मेरा सारा आशा-भरोशा कालो-मैलो हुँदा
पुन: जीवन रंगाउने चुन जस्तो तिमी

नियतिको चोटैचोटले जीवन भूल्न लाग्दा
इश्वरीय आनन्दको धुन जस्तो तिमी

गजल - बज्र कुमार राई

सभासदज्यु! देश \ बिदेश डुल्दै हुनुहुन्छ
गैर जिम्मेवार साँठगाँठमा घुल्दै हुनुहुन्छ


जनता भिखारी झैं बाँच्न विवश छन्
उहाँहरु अर्बौं सिध्याएर फूल्दै हुनुहुन्छ


मिति बढाएरै छाडे तलब-भत्ता राम्रै छ
हेर्नुस् उहाँहरु बैठकमा झुल्दै हुनुहुन्छ


लोकतन्त्रमा उहाँहरुको परिबर्तन हेर्नुहोस्
नब-मुखियाको ढंगले खुल्दै हुनुहुन्छ


देशबिनाको जनता यी दुईबिनाको नेता
दुनियाँमा हुदैंन भन्ने भूल्दै हुनुहुन्छ

गजल - बज्र कुमार राई

सपनाहीन यो जीवनमा आश थियौ तिमी
यो संसारमा मेरो निम्ति खास थियौ तिमी


दुई आत्म बिछोडिंदा छातीमाथि हात राखें
ह्रिदयको ढुकढुकीमा बास थियौ तिमी


नसक्दा आफू धान्न प्राणदानी खोजे गरें
प्रत्येक पल चलिरहने सास थियौ तिमी


सुखद क्षणको कल्पनामा आँशु पिउँदै बसें
बिदेशबाट स्वदेश आउँदा लाश थियौ तिमी


घामपानी,भोकतिर्खा के के भोग्यौ कुन्नि
निर्दयीको आदेश सामु दास थियौ तिमी


बीच यात्रामै साथ छाड्यौ अब को छ मेरो
सिउँदो कसम सपनाको रास थियौ तिमी


बिधुवी भै दुनियाँको ब्यंग खेप्दै बाँचेकी छु
अहोभाग्य यो निधारमा अविनाश थियौ तिमी


{जसको त्यो कारुणिक सच्चाईको प्रत्यक्ष साक्षी यी दुई आँखा बनें....
उनै दिदीलाई समर्पित यो गजलरुपी भावानाका हरफहरु.....!!!
अनि श्रद्दान्जलि त्यो सपना खोज्दाखोज्दै देहान्त हुनु भएका दाजुको आत्मलाई!!!

अन्तिम अनुभूति - कविता - बज्र कुमार राई

जब योजना र कोशिशहरु
भत्कदैं गए \ ढल्दै गए
नाता \ संबन्धहरु
प्रेम \स्नेहहरु
भावाना र साथहरु
अनयास!
छुट्टिदैं गए \ हराउँदै गए


यस्तो बेला,
तिमी त पक्कै छौ भनेर
यो उराठ अनुहारमा
तिम्रो ओठको स्पर्स छाम्दा-
दाँतका गहिरा दोबहरु पो भेटें मैले!


होइन-
यो हुदै होइन भनेर
यो दुर्बल छातीमा
तिम्रो अंकमालले रगाडेका
प्रेमानुभूति खोजें-
त्यहाँ त-
पिरिरहेका \ फैलिरहेका
क्यान्सरमय घाउहरु पो भेटें मैले!


यतिबेला त हो नि!
केही मान्छेहरु कुमान्छे भएर
कुल्चदैं हिडें \ थुक्दै हिडें
निर्बाध
मेरा अबिराम लक्ष्य र संभावनाहरु...


शायद म,
योजनाहरु भत्के भनेर
कोशिशहरु ढले भनेर
दुरगामी बिचारहरुबाट
अन्तरात्माको हिम्मतबाट
पुर्णत: नभत्केको हुँदो हुँ
नढलेको हुँदो हुँ


यसैबेला-
तिमी अन्तर्घातको उपहारहरु छाडेर
भविष्यको सपनाबाट
बर्तमानको साथबाट
जिन्दगीको सार्थक सुगन्धबाट
हरायौ


यस्तो लाग्छ-
अब चाहीं म भत्कें
अब चाहीं म ढलें

कविता - खाँचो - बज्र कुमार राई

यो
नितान्त
निर्जन
जीवनको जर्जरता
कसरी पार गरुँ!
यतिबेला मलाई
तिम्रो आदर्श प्रेम्को खाँचो परेको छ प्रिय!


एकपटक,
तनमन खुम्चाएरै
भाग्यलाई धिक्कारेरै
मिक्ष्रित भैदेउ-
म र मभित्रका
असीमित चाहनाहरुसँग।



तिम्रो क्रिपालु साथले
फैलिन चाहन्छु]
झाँगिन चाहन्छु
मौलाउन चाहन्छु
जिन्दगीको नांगो पहाडभरी।



मभित्र
अट्समट्स
बिषाप्त विवशताहरुको ज्वालामुखि फूटेर
बग्न चाहन्छु-
रगत,आँशु र पसिनाको
समुद्र भएर
त्यो फेरीफेरी,
नफुट्ने
नटुट्ने
नबग्ने गरी
आफूभित्रभित्रै।


हेरन प्रिय!
म र मेरा गतिशील पाइलाहरु
बाध्यताका चरम पहाडहरुले
थुम्काथुम्की, घुम्ति र अनगिन्ती मोडहरुले
छेकिरहेछन् \ रोकिरहेछन् \ अन्मलाइरहेछन्


एक निमेष नै सही,

मेरो द्रिष्टिको सम्मुख
हाम्रो त्यो स्वप्निल हिमचुली
कुल्चन चाहन्छु प्रिय!
कतै मेरा पाइलाहरुसँग
तिमी नहिंडेर पो हो कि!
या तिमीभित्र मलाई
तिमीले
मेटेर \ च्यातेर \ फालेर पो हो कि!
म नासिंदै छु
भासिंदै छु
विक्षिप्त मनभित्रभित्रै।
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय!

कविता- यो शहरसँग - बज्र कुमार राई

यो शहरसंग
न जन्ती छ, न मलामी छ
सहोदर खुनमा पनि।
यो शहर बेसंस्कार र बेशरम भएको छ।
यो शहर निर्दयी र आत्मघाती भएको छ।

यो शहर
उल्टो गतिमा
दौडदै छ
फैलिंदै छ
भोको समयको विवशता सँगसँगै।
रत्नपार्क
सुन्धारा
अनि, यस्तै भावनाहीन
ठमेलहरु भएर....
जहाँ संमबेदनाबिहीन कविताहरु
बेच्छन्-
संकटग्रस्त,अशुरक्षित
आफ्नो अस्मीता छ्यासछ्यास्ती
एकबट्टा सिगरेटभन्दा सस्तोमा।

यो शहरसँग
प्रेम छैन\समर्पण छैन
विश्वास छैन \ सुवास छैन
जीवनको कुनै आरोहण छैन
यो शहर आमा बेच्ने थाइल्याण्ड भएको छ।
यो शहर नांगो-निर्लज्ज र बलिष्ठ अमेरीका भएको छ।

यो शहरसँग
जानेर जान्न नसकिने
बुझेर बुझ्न नसकिने
देखेर देख्न नसकिने
ठूलो वेवास्ता छ लाचारीको।

भोगाइमा-
बिपन्नलाई यो शहर-
भोकमरीको
सोमालिया
युगाण्डा
सियरालियोन भएको छ।
सम्पन्नलाई यो शहर-
धर्तीमा परी नाँच्ने एक टुक्रा भएको छ।
सपना देख्नेहरुलाई यो शहर-
घाँटी रेटीने अफगानिस्थान,इराक भएको छ।
छोरीको भाग्य खोज्नेहरुलाई यो शहर-
मरुभूमिमा बलात्कारको शिविर भएको छ।

खोइ!
कुन \ कस्तो
राष्ट्र \ राष्ट्रियताको पहिचान खोज्नु
निरीह मान्छेले
दृष्‍टिकोणको रक्तअल्पताले
थला परेको
अशिष्ट र पुर्वाग्राही
यो शहरसँग।



Mail Search

गजल-बज्र कुमार राई

आफ्नाले'नि पराई ठाने उच्च यो शीर ढलेको बेलामा
निभाई दिने कोही छैन पीडाले मन जलेको बेलामा

दु:खहरुको पहाडमाथि जीतको झण्डा गाड्छु भन्थें
उक्लीएनन् पाइलाहरु दु:खाईले जीवन ढलेको बेलामा

हरेक अँध्यारो जिन्दगीको उज्यालोले चिर्छु भन्थें
शाहसको राँको निभ्यो आँधिहुरी चलेको बेलामा

सकारात्मक सत्कर्ममा सफल भाग्य खोजी गर्थें
हर प्रयत्न विफल भए बिधाताले छलेको बेलामा

आजका आँशुसँग भोलिका खुशीहरु साट्छु भन्थें
सपनाहरु अधुरै जले मुटुभित्रै आगो बलेको बेलामा

कविता, अफसोच - बज्र कुमार राई

कविलाई
भोक लाग्दा-
कुनै जमाना
कविको छातीमा
गर्वसाथ झुण्ड्याई दिईएका
'मेडल'हरु
खान मिलेन कपाकप।
र,कतै जाकटीमा बिकेनन् पनि।


कवि नांगो हुँदा-
कविको लाज छोपेन
बासी समाचारपत्र झैं
खात लागेका
प्रमाणपत्रहरुले।
र, कसैको आँखामा
बुझाईको दृष्‍टि बदलेन पनि।
किनकि,यो अबकाशप्राप्त राष्ट्रसेबकको
वा बन्दुकमा जिन्दगी राख्ने लाहुरेको
'पेन्शन पट्टा'
होइन।


कवि असहाय र बिक्षिप्त हुँदा-
कविको आँशु पुछेर
धाप मार्ने
कुनै उदारक मान्छे भेटेन।
र, भेटेन-
हात मिलाउने हितैषी पनि।
कविले
यो समाजभरी
यो देशभरी।


खोइ कहाँ गए!
कविको पछीपछी स्वर दिने
ति जुलुश मान्छेहरु!
खोइ किन
आस्थाहीन,विश्वासहीन भए!
कविलाई अबिर दलेर
उत्सव मनाउने
आदर्शवादी सारथीहरु।
खोइ किन
समर्थनहीन भए!
कविको आवाजमा
पट्टट ताली पिट्ने हातहरु।
खास कविको लागि मात्र।


भैगो-
अब कवि!
यी 'मेडल'
हरु
यी 'प्रमाणपत्र'
लाई
आगो लगाएर
बिसर्जित हौ-
इतिहासबाट।
तर नसराप सतीले जस्तो.....
किनकि, एउटा सत्य अफसोच!
यो देश तिम्रो हो
तिमी यो देशको सच्चा प्रेमी हौ।
युगान्तर युगान्तर।

गजल- बज्र कुमार राई

पूजा तिमी प्राप्ति तिमी कहाँ मेरो भूल भयो
तिम्रो माया सधैं इश्वर मेरो चाहीं फूल भयो


उद्धेश्यका बाटोहरु हात समाई हिडौं भन्थें
मलाई टेक्दै तिमी तर्यौ यो छाती पूल भयो


जाने रहेछौ छोडी गयौ रोक्न सकिन मैले
तिम्रो खुशी मेरो लक्ष्य यही मेरो कबुल भयो


भाग,गुणा,जोड,घटाउ मिलेनन् यी यथार्थमा
अन्तत:मेरो प्रेम तिम्रो लागि अयोग्य कूल भयो


उराठ,उदास यो जिन्दगीको भग्नावशेषमा'नि
तिमीलाई खोज्ने मेरा आँखा आँशुको मूल भयो

अर्को आरम्भ- बज्र कुमार राई

अक्षरहरुको
शब्दहरुको
वाक्यहरुको
बारुद बनाएर
कलमभित्र खाँद्छु

र,विस्फोट गराउँछु
परिवर्तन रोक्ने
तिम्रो घातक टाउकोमा
बगिसकेका
बग्दै गरेका
पसिना,आँशु र रगतमा
निर्धाहरुको पिरो सपना घोलेर
कुण्ठा र उन्मुक्तिको बेलुन भर्छु
र, हान्छु

तिम्रो जिद्धे आँखामा
दबेकार दबाएका
निर्दोष लाशहरुलाई
ईतिहाँस र बर्तमानको राँको देखाएर तर्साउँछु
र उर्लाउँछु
तिम्रो बिरुद्ध
जगित्रा,मुर्कुट्टा र किचकन्निहरुको
अभावग्रस्त जुलुश

शहीदगेटमा
क्रस टाँगेर तिम्रो
छाती चिर्छु
हातखुट्टा काट्छु
जिब्रो थुत्छु
कानमा आवाज पड्काउँछु
र,गाडेर टाउकोबाट तिमीलाई
सार्वजनिक गर्छु
लौ हेर्नुस्
मुखियाको विभत्स्य हत्या !
यदी सक्नु हुन्छ त ?
छम्नुस
यसको प्रत्येक इन्द्रियहरुमा
आजसम्मका
पापीष्ट स्पर्सहरु…..।

-बज्र कुमार राई

काँडैकाँडा बीचमा एउटा मन परेको फूल थियो॥
टिप्न जाँदा घाउ लाग्यो मेरो के नै भूल थियो॥

सम्झनाले मार्नु मार्थ्यो त्यो फूल नदेख्दा’नि,
यो मुटुलाई सधैं घोच्ने फूलको नजर शूल थियो॥

चाहनाले पाइला सार्दै फूलको नजिक पुगि हेर्दा,
त्यो फूलको मिठास चुस्ने भमराको हुल थियो॥

कहिले काहींको वार्तालापमै फूलसँग मुटु साटिएछ,
तर त्यो फूल नस्वीकार्ने घरमा कडा कूल थियो॥

अन्तर्मनको सम्पर्कमा अचेल अत्तोपत्तो छैन हजुर,
जुनि/जुनि साथै रहने त्यो फूलसँग कबुल थियो॥

Thursday, July 15, 2010

गजल- बज्र कुमार राई

यो उदासीमा दिल खोलेर हाँस्न पाए पो!
अनाथ जीवन तिमीसँगै बाँच्न पाए पो !


अति निर्जन कल्पनामा डुलिरहेछ मन
यथार्थमा प्रिय साइनो गाँस्न पाए पो !


फेलैफेल भएँ क्यारे तिम्रो प्रेम-परिक्षामा
एकपटक त तिम्रै मुटु जाँच्न पाए पो !


मान्छे त कताकता छाँयासम्म भागी हिड्छौ
यस्तो लाग्छ हात समाई नाँच्न पाए पो !


तिम्रै यादको छट्पटीले बित्छन् रातहरु
यी पलपलमा तिम्रो माया साँच्न पाए पो

कविता , यसपालीको कविता -बज्र कुमार राई

मर्नेहरुको रगतले-
बाँच्नेहरुको स्वप्नील देशमा
संबिधानको किताब लेखिएन।
मानौं लख्ने नेत्रित्वदायीहरु
लेख्नै नजान्ने थिए।
के गाली गरुँ-
ति विवशहरुलाई
जो ति ब्रिद्धशिशुहरु
भर्खरै कक्षा एकको सरकारी पाठशालामा
पढदै थिए निशु:ल्क
आकर्षक तलब-भत्ता खाँदै।

फेरी समयको पाउबन्दी देखाएर
थपे समय
त्यही 'होमवर्क' लेख्नलाई।
भनेनन तर-
हामी दुइ साल एकै कक्षामा 'फेल' भयौं भनेर।
अझै मन नखुम्च्याउँ
अझै आशा नमारौं
मानौं यीनीहरुले लेख्नेछन्
नयाँ किताब
र,बाँड्नेछन् हाम्रो हातहातमा।
तर त्यो-
साह्रै केरमेट हुने पो हो कि!
अति अस्पष्ट हुने पो हो कि!
आशंका उत्तिकै छ मनमा।
खोइ के लेख्यौं यस्तो-
असफल र बेमेल
यसपालीको कविता।

झण्डाहरु धेरै फहराए
सपनाहरु धेरै बाँडिए
सहमती र सम्झौताहरु धेरै भए
तर हाम्रो पेटका लागि-
ति झण्डाका हँसिया-हथौडा
हलो-जुवा काम लागेनन्।
ति झण्डाका ताराहरु
हाम्रो बर्तमान र भविष्यका लागि
उदाउन सकेनन्।
हाम्रो निधारमा।
हाम्रा नानीहरुले
देशको नक्सा कोरेर
कोइलाले ढुंगामा
क ख लेख्न खोजिरहे।
तर बाँडिएन
ति झण्डाको कलम
बिकटतिर।

देश दुइ लाख रोपनी घट्यो
सीमानाबाट।
तर निकालिएन झण्डाबाट
खुँडा-खुकुरी,मशाल
र, देशको वास्तविक नक्सा।
अनि,गरिएन पनि-
शाहसीक खबरदारी!
ओ वैरी हिम्मत नगरे हुन्छ
वीर गोर्खालीको नेपाल कुल्चने।
हामी हजारका लागि एक काफी छौं
आइ नै लाग्यौ भने-
भूलेर हाम्रो इतिहास भन्दै।
खोइ के लेखौं यस्तो-
लाचारी,बेशरम र पराधीन
यसपालीको कविता।

गाउँमा उर्दी आयो-
शहरको सडकमा
अधिकार खोस्न आउ भनेर
हामी आयौं-
आकाशे पानीले भिजेको माटोमा
मकै छर्न छोडेर।
दुइ छाकको लागि आगो नबल्ने
घर नामको झुप्रोमा
अलपत्र नानीहरु छाडेर।
नाराहरु चिच्याउन
जिन्दाबाद!!!
मुर्दाबाद!!!
तर सुनेन-
शहर र सिंहदरबारले
र,पाइएन पनि
आत्माधिकार।
खोइ के लेखौं यस्तो-
आफैंभित्रको मर्माहत र विवश
यसपालीको कविता।

नहुनेहरु
पसीनाको लेउ पखाल्न नपाएर
गन्ह्राइरहे दंगदंगी दुर्गान्ध।
हुनेहरु
'परफ्युम' छरेर शरीरभरी
मग्मगाइरहे कृत्रिम सुगन्ध।
गरीब बाउका तरुनी छोरीहरु
बेची नै रहे-
सीमापारिका'पिलाहाउस'तिर।
र बेची नै रहे-
लालचमा
हाम्रा दिदिबहीनीहरु
मरुभूमितिर।
कुनेपाली दलालहरुबाट।
खोइ के लेखौं यस्तो-
धर्ती-आकाश नै जती
असमान र सत्य
यसपालीको कविता।

डर्,धम्कि,अपहरण,असुली
हत्या \ आत्महत्या
दैनिकी बन्यो देशमा
भ्रष्ट्र \ भ्रष्ट्रचार
अन्याय \ अन्यायी
झनझन बढे देशमा
महँगी \ महँगाइ
उक्लियो चरमचुलीतिर
गरीबको पेट कुल्चँदै।
र भोकै-नांगै भए
जनता नामको प्राणी।
खोइ के लेखौं यस्तो-
अनैतिक,गैर जिम्मेवार
र, नियम- कानुनबिहीन
यसपालीको कविता।




ReplyReply All

गजल- बज्र कुमार राई

धेरै भयो मेरो खबर पाउन छाडे छौ
यो जुनिमा मेरो माया लाउन छाडे छौ

यो मनको बेदनालाई मैले पठा'को'थें
ति हरफलाई गीत बनाई गाउन छाडे छौ

रोजि हिड्दा दोबाटोमै राम्रो मिल्यो क्यारे
मलाई भेट्ने बगैचामा धाउन छाडे छौ

हर कोशिशले तिम्रो माया पाउन खोजिरहें
तिमी भने यो भाग्यमा छाउन छाडे छौ

अन्तिम सही भेट्छु भनि कुरें मुलबाटोमा
आजकल तिमी त्यतातिर आउन छाडे छौ

गजल- बज्र कुमार राई

जिउँदो यो लाशलाई ढलाई देउ बरु
चिन्तामाभन्दा चितामा जलाई देउ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु
आउ यो भौतिक शरीर बलाई देउ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो
पलपलको यो लाचारीबाट छलाई देउ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ
आउ आँशुमै बिष छरेर चलाई देउ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता
भैगो त्यो बहुरुपी माया नलाई देउ बरु

गजल - बज्र कुमार राई

सुगा रटाई नारा मात्रै घोक्नु हुन्न अब
नयाँ नेपालको चाहनालाई रोक्नु हुन्न अब

समयको चाल बुझ्दै अघि बढ्नु पर्छ हामी
निर्धाहरुले सधैं बन्दुक बोक्नु हुन्न अब

जटीलताको निराकरण टेबलमा खोज्नु पर्छ
आवेश पाल्दै तातो गोली ठोक्नु हुन्न अब

बिर्सिएर तितो बिगत माटो समाई प्रण गरौं
देशप्रेमीले देशकै शरीर टोक्नु हुन्न अब

मीठो सम्बन्ध निर्माणमा एकाकार हुने बेला
एकार्कामै टाउकोको मूल्य तोक्नु हुन्न अब

गजल- बज्र कुमार राई

भइसक्यौं धेरै टाढा तर किन आशुँ झरेको होला
तिमी छौ हाँशीखुशी मचाहीं किन रुनु परेको होला

सादा थियो त के भो सदाबहार थियो जिन्दगी
फेरी किन हामीले जानीनजानी रंगहरु छरेको होला

न फल्यो न फूल्यो न त मौलाई रह्यो नै माया
अनि किन हामीले चाहनाका बीउहरु छरेको होला

तिम्रा लागि त ति स्‍मृतिहरु समयको खेल भयो
तर किन मभने तिनै यादमा हरपल मरेको होला

छुटिनु नै रहेछ त आखिर यही यथार्थको दोबाटोबाट
अनि किन हामीले अनगिन्ती जंघारहरु तरेको होला

गजल-बज्र कुमार राई

जिन्दगीमा सपना मात्रै फूलाएर गयौ तिमी
तिम्रो त्यो अस्थिर मन डुलाएर गयौ तिमी

भनेकै थिएँ आइन्दा रुनलाई आँशु बाँकी छैन
आज फेरी आँशुकै बाढी हुलाएर गयौ तिमी

एकार्काको यो धड्कनलाई जोडौं भन्थें म त
त्यो मेरो भावनालाई झुलाएर गयौ तिमी

जिन्दगीभरसँगै जिउँनु-मर्नु पर्छ भन्ने हामी
आज किन एक्लै मलाई भूलाएर गयौ तिमी

मनमा दु:ख्छु तनमा दु:ख्छु तिमी पराई हुँदा
उदासी भइ बाँच्न विवश तुलाएर गयौ तिमी

कविता - घडी र मान्छे! - बज्र कुमार राई

घडी रोकिन्न कदापि
त्यहाँ त्यहाँ मान्छेको नाडीमा
ढुकढुकी चलोस् वा नचलोस्
चाहे बिग्रियोस्
भाँचियोस् \ गाडियोस्
चल्दाचल्दै
मान्छेको मनमा
आबिराम घडीको काँटा।

ए आँशुको डबका पिउने लाचरहरु हो!
सयौं पटक नियाल-
त्यसैभित्र
आफ्नो बर्तमान र भविष्यको
उराठिलो छायाँ।
जो तिम्रै निर्दयी हातहरुबाट
जो तिम्रै दलित विचारहरुबाट
हत्या हुन्छन्
निर्मम
घडीका संबाहक तिमीहरु।
जसलाई तिमी बिबशताको उदघोष गर्छौ
र, दयाको उधारो भिख माग्छौ
बारम्बार।

अब स्वीकार गर-
तिमी घडीको हत्यारा हौ।
तिमी आफू बिरुध्दको पाखण्डी हौ।

तिमी
घडीले चोक्टा लुछेका
घडीले बेपत्ता पारेका
घडीले सर्वस्व लुटेका
दुनियाँभरका
सुकेनाश नानीहरु औंल्याएर
बिधुवीको निरसता निचोरेर
प्रस्तुत हुन सक्छौ भलै
तिम्रो मौलिक स्पष्टिकरणमा।
तर,अँध्यारो खोरबाटै
उज्यालोको संकेत बोल्छ सधैं
घडीले
तिम्रा लागि।

तिमी
तिम्रै सत्बुद्धीबाट
तिम्रै सकारात्मक र स्रिजनशील अभ्यासहरुबाट
समानान्तर हुन सक्छौ-
घडीको क्षितिजभन्दा
परपरसम्म।

तिमी कुनै पनि घडीमा
आफूलाई नरोक
नछेक
नअलमलाउ
जसरी,
घडी रोकिन्न कदापि।

Wednesday, June 16, 2010

गीत - बज्र कुमार राई

यो मुटुभित्र पाकेको घाउ कतिन्जेल साँचुँ म
तिमीबिनाको यो एक्लो जीवन कसरी बाँचुँ म

विछोडमा यो मन जलेन भनि कसलाई ढाँटुँ म
त्यो तिम्रो यादमा हरपल मर्दै कसरी बाँचुँ म

अलमल छ बाटो उदास छ यात्रा के गरी काँटुँ म
पिएर आँशु भूलेर तिमीलाई कसरी बाँचुँ म

देखेका सपना भोकेका सत्य कोसँग साँटुँ म
खुशीबिनाको यो पथ्थर जिन्दगी कसरी बाँचुँ म

गजल - बज्र कुमार राई

खाली यो जिन्दगीमा पीरैपीर भरेर गयौ तिमी
सही नसक्नु आँशुको बीउ छरेर गयौ तिमी

मनमा सधैं पहिरो जान्छ स्‍मृतिको बाढी आउँदा
थाम्दा थाम्दै आँखाको डीलमा झरेर गयौ तिमी

प्रश्न मात्रै सोधि सोधि उत्तर बुझ्छु भन्थ्यौ सधैं
मेरो आत्म खोतलेर अन्तकता सरेर गयौ तिमी

भन्ने गर्थ्यौं अब हाम्रो मिलन हुन्छ यथार्थमा
आउनै लाग्दा खुशीको मौसम टरेर गयौ तिमी

हर्ष-उल्लास केही छैन आज तिमीले एक्लो पार्दा
यो छातीभित्र बाँच्नुको आधार मरेर गयौ तिमी

गजल - बज्र कुमार राई

जिन्दगीमा दनदन आगो बलेर जादैछु
चितामाथि एउटा लास जलेर जादैछु

यो अन्त्यमा तिम्रो साथ लान नमिलेर
रोइ दिने तिम्रा आँखा छलेर जादैछु

अभागी यो पुर्पुरोमा अरु आयु नपाएर
पहाड झैं तिम्रो विश्वास ढलेर जादैछु

हिजोसम्म तिम्रो सामु हारी मात्रै रहें
बल्ल आज रातो अबिर दलेर जादैछु

तिम्रो लागि यो मुटु छाड्न नमिलेर
तिम्रो दिलको धड्कनसँग चलेर जादैछु

गजल-बज्र कुमार राई

यी आँखामा फगत आँशु झर्दै गर्दा तिमी आयौ
बिगतको मीठो पलमा मर्दै गर्दा तिमी आयौ

सुनौलो रंग कुनै थिएन उमंगको क्यान्भासमा
जिन्दगीलाई कालो रंगले भर्दै गर्दा तिमी आयौ

बेहाल भै लडेको थिएँ भाग्दा-भाग्दै आफैदेखि
यो बेला नै हतास पाइला सर्दै गर्दा तिमी आयौ

आफैंदेखि उदास भै यो मन त्यसै एकोहोरिन्थ्यो
यस्तै बेला हाँसो-खुशी टर्दै गर्दा तिमी आयौ

कोही आए एक्लै हुँदा पुन:जिउँने रहर जाग्थ्यो
मैले यस्तै प्यारो सपना छर्दै गर्दा तिमी आयौ

गजल-बज्र कुमार राई

यतिबेला प्रेमको त्यो मात सम्झदै छु
प्रथम भेटको त्यो रात सम्झदै छु

आज फेरी मन त्यसै रोमन्चित हुँदा
अत्रिप्त नशालु त्यो हात सम्झदै छु

त्यो मीठो पलसँग यथार्थमा एक्लो म
असीमित खुशीको त्यो खात सम्झदै छु

यो जिन्दगी सिर्फ तिम्रो भन्दै छाड्नेसँग
नसोचेको त्यो विश्वाशघात सम्झदै छु

म मात्तिएको त्यो रातमा साथ दिनेसँग
मान्छेको त्यो स्वार्थी जात सम्झदै छु

गजल-बज्र कुमार राई

फेरी आउने चुनावको भोटमा छौ नेताजी
निर्धा-निमुखा जनताको खोटमा छौ नेताजी

हाम्रा लागि बर्षा दिनमा एकसरो धागो छैन
तिमी भने दामी दामी कोटमा छौ नेताजी

देशका लागि श्रम दिन हामी एकजुट हुँदा
तिमी भने भ्रष्टचारको नोटमा छौ नेताजी

दिन दहाडै देश लुट्ने डाकाहरु खोजी हुँदा
तिमी अकुत सम्पत्तिको चोटमा छौ नेताजी

शाहीदको सपना सम्झी संबिधान लेख भन्दा
तिमी चाहीं कुर्सी ढाल्ने अठोटमा छौ नेताजी

गजल - बज्र कुमार राई

मनको भित्ता रंगाउने रंग चुनमा छैन साथी
आफ्नो जस्तो सफा सोचाई उनमा छैन साथी


जिन्दगीका गीतहरु बिछोडका घाऊ झैं बच्छन्
फेरी अर्को नयाँ भाका कुनै धुनमा छैन साथी


हिड्दै थिएँ उज्यालोमै अध्यारोले छोप्यो आज
टहटह छाइ दिने मन यो जूनमा छैन साथी


जन्मीने रहर बीचमा हत्या भए सपनाहरु
बचाइ दिने आफ्नो नाता खुनमा छैन साथी


दिदा दिदै रीत्तो भयो उधारोमा यो जिन्दगी
प्रतिफलको हिसाब किताब गुणमा छैन साथी

गजल-बज्र कुमार राई

भाग्यमानी ठान्छु आफूलाई यो मन मुटु जलेपनि
सधैं बाँच्छु हेर तिमी चाहे यो ज्यान ढलेपनि

खङ्ग्रङ्ग सुकेको छु चोटैचोटको खात लाग्दा
सल्काउँदिन जिन्दगीलाई जति आगो बलेपनि

अंन्धा-अपांङ्ग बाँचेकैछन् कयौं पीडा भोगेर'नि
म हार्दिन गरिखान यो नौं नारी गलेपनि

जिन्दगीको गहिराइबाट पिलरहरु उठाउँदै छु
एक औश हल्लदैन आँधि-तुफान चलेपनि

प्रेमरेखा छैन रहेछ यो टुहुराको हत्केलामा
आफ्नो भाग्य आफैं कोर्छु बिधाताले छलेपनि

कविता - म पराधिन मान्छे! -बज्र कुमार राई

Cc: rai_biwash@yahoo.com
आधारात ढल्किन्छ
समसानतिर
आँखाले केही समय मस्तको निंद्रा खोज्छ
मन एकतमास पोखिएर सिरानीमा
छट्पटिन्छ ज्यान
धिकार्दै आफूलाई नै।

कथांचित,
झकाई हाले अर्ध निंद्रा
सपनामा पनि
एकलिन्छु \ बिछोडिन्छु
कता हो कता
झोर-जंगलतिर हराउँछु
बाटो खोज्दा-खोज्दै
अनि, पुग्छु -
खोंचबाट उभिएको भीरमा।

फाल हानेर त्यो अप्ठ्यारोबाट
समापन गर्न सक्दिन जिन्दगी
अनि, चिच्याउँछु बेस्सरी बेस्सरी
ए! मलाई खेदो गर्ने विवशताहरु हो
ए! मलाई पलपल सताउने यादहरु हो
ए! मेरो जिउँदै गाईजात्रा निकाल्नेहरु हो
आउ न-
यो बिकट बाध्यतामा
मेरो चोक्टाचोक्टा लुछेर
पहीचानहीन
सनाखतहीन
मार मलाई।

यसै अल्मलिन्छु-
दोधारमा जिन्दगी
यो असह्य काटें मात्र भने त!
कुनै मुलबाटो भेट्टाउँथें कि!
खास म त्यसैलाई हिड्न चाहन्छु।

अनि फेरी-
गुहार्छु!चिच्याइ चिच्याइ
ए! मेरा हितैषीहरु हो
ए! मेरा सम्बन्धहरु हो
ए! मेरा अन्तरात्मीयहरु हो
बचाउ मलाई
म बाँच्न चाहन्छु।
आउँछन् दगुर्दै-ति सबै
अनि, फोडिदिन्छन् आँखा
थुती दिन्छन् जिब्रो
काटी दिन्छन् हातखुट्टा
र,भन्छन्-
अब हेर्ने गर्
बोल्ने गर्
गरीखान सिक्
थुइक्क नामर्द।

मसँग-
बाँकी रहन्छ
पापी पेट
दु:ख्ने मुटु
सोच्ने दिमाग
र,एउटा मान्छे नामको शरीर।
मैले त यसका लागि पो संघर्ष गर्नु पर्छ झनझन!

यसैगरी-
छर्लङ्गिन्छ कालरात्री
ब्युँझन्छु \ उठ्छु
पखाल्छु आफूलाई।
अनि, मन्दिर जान्छु
पुज्छु निर्जिब ढुंगाको आकारहरु
चढाउँछु जल
बरपिपललाई
र,माग्छु बरदान
मेरो खास कोही होस्
म दुनियाँसँग लड्न सकुँ
म निर्भिक बाँच्न सकुँ!!!
म निर्भिक बाँच्न सकुँ!!!
बिचरा त्यो देवता र म
सधैं निरीह
सधैं पराधिन!!!

गजल-बज्र कुमार राई

मन्त्रीज्यु! फाइव स्टार भोजमा हुनुहुन्छ
दिउँसै उहाँ त नाइट कोचमा हुनुहुन्छ

द्दिगमिगाउदो बास्नासँगै उडिरहेका धुँवाभित्र
हेर्दा देखिंदैन उहाँ निक्कै खोंचमा हुनुहुन्छ

अलिअलि उन्मातसँगै खुल्दै गए बस्त्रहरु
भन्न मिल्दैन उहाँ नग्न पोजमा हुनुहुन्छ

ठूलाठालुको यी दिनचर्या सकियो भन्ठानेको
हेर्नुस् उहाँ फेरी अर्कीको सोचमा हुनुहुन्छ

पजेरो,बिएमडब्यु.मा सुरा-सुन्दरी हाजिर
वा क्या भाग्य उहाँ सधैं मोजमा हुनुहुन्छ

गजल-बज्र कुमार राई

यो मुटुलाई मायाको तीर हानेर नछोड
त्यो मनमनै मेरो तस्वीर छानेर नछोड

मेरो साँचो भावनाको पूजा गर्ने तिमी
यथार्थमा मनको भगवान मानेर नछोड

यो जुनिमा नपाएर पुनर्जन्म भएपनि
तिमीबिना बाँच्दिन भन्ने जानेर नछोड

अर्न्तमनको समपर्णले यात्रा सुरु गर्दा
जीवनको रथ दोबाटोमा तानेर नछोड

तिमीभित्रै बाँच्न खोज्छु पलपल मरेपनि
त्यो धड्कनमा मेरो प्राण धानेर नछोड

गजल-बज्र कुमार राई

मेरो घाँटीमा तिम्रो घातको पासो भो जिन्दगी
शत्रु सामु तिम्रो प्रेमको हाँसो भो जिन्दगी

पलपल मर्दै बाँचे पनि बुझिदिने कोही छैन
कसलाई भनुँ तिम्रो यादको नासो भो जिन्दगी

रमीतेको भीडमा स्वाभीमानको खिल्ली उड्दा
आफ्नै अनुहारमा पोतिएको ध्वाँसो भो जिन्दगी

अति फोहोर- मैला भएँ अब त धुन्छु भन्दा
जति धोए'नि दागै किन? चासो भो जिन्दगी

कविता - अन्तत: तिम्रो सम्झना र मेरो यथार्थ - बज्र कुमार राई

बिषालु सर्प तिमी-
मैले पिलाएको दुधको गुण
बेमज्जाले चुकायौ आज
डसेर मेरो सम्पूर्णता।

म त तिम्रो भोक मेटाउन
सकिनसकी बेचेर पसिना
भोकभोकै अघाउने मान्छे!

म त तिम्रो शोकमा
पिलपिल बग्ने आँखा पुछीदिएर
आफूभित्रै आँशुको अरुण बगाउने मान्छे!

म त तिम्रो सत्रुले तिमीलाई छुन अघावै
बलिदानको रगत बगाउने मान्छे!

म त तिमी रोगले अक्रान्त हुँदा
घोटेर अस्थिपन्जर-
संजिबनी निकाल्ने मान्छे!

मेरो कुनै अभिष्ट भएन
मेरो कुनै ब्यक्तिगत
सपना,रहर र यथार्थ भएन

मेरो स्वार्थ र मनोकांक्षा-
तिम्रो उन्नति, प्रगति र दिर्घायु मात्र थियो।
एकार्थमा-
तिमी सिद्धान्त थियौ
म व्यबहार थिएँ
तिमी प्राण थियौ
म श्वासप्रश्वास थिएँ।
म त मनैमनको अग्लो हिमाल थिएँ-
केवल त्यो तिम्रो लागि।

प्रतिफल!
भोको पेटमा लात हान्यौ
सुख्खा आँखामा एसिड खनायौ
लुटेर मेरो सम्पूर्ण
खुन,पसिना र आँशु
बढाइ दियौ ऋण
लगाइ दियौ दिन
उफ!!! खुइया!!!
म त रगतमा शाश्वत नाता देख्ने मान्छे!
म त भावनामा अटुट संम्बन्ध खोज्ने मान्छे!
कसरी लडौं म?
......आइलागेका
यी कालो दिन
र,सेतो रातहरुसँग।

म त टुटेको \ फुटेको मान्छे!
म त छुटेको \ हराएको मान्छे!
तिम्रो यो हदको गुणलाई
अन्तत: मेरो लाश चढाउँछु
हेर है-
टाउको फोडेर मेरो
कति थिएछन् योजनाहरु
जिन्दगीको।
अनि,छातीदेखि पेटसम्म
चिरेर चर्चरी
हेर-
मेरो प्रेम कति थिएछ-
तिमी र तिम्रो अन्तर्घातप्रति।

अब म कदापि कदापि
टुटदिन \ फुटदिन
छुटदिन \ हराउँदिन
र,कुनै दु:ख पनि दिन्न
तिमी हाँस गललल
तिमी बाँच मज्जाले
सयौं काटेर तन्दुरुष्त
म त यसै हारेको मान्छे!
म त यसै मरेको मान्छे!
म त यसै मरेको मान्छे!!!
त्यो तिम्रो लागि
केवल तिम्रै लागि....

कविता , म कोसँग मरुँ?- बज्र कुमार राई

कसाही एकैचोटमा छिनाएर मार्छ
तिमी चिमोटीचिमोटी
घोचीघोची
कोतरीकोतरी
थिलोथिलो बनाएर मार्छौ।

अब भन-
को ठुलो क्रुर?
को बढी अधर्मी?
को महापापी?
कसाही या तिमी?

कसाही पनि मान्छे!
तिमी पनि मान्छे!
र,निरीह म पनि मान्छे!
लौ कसाहीसँग त मन हुन्न रे!
उसलाई त जीवनको मुल्य थाहा छैन रे!
उसलाई थाहा छ त केवल-
जिब्रोमा स्वाद
मेरो अंग-प्रत्याङको।
तिमी त-
जीवनको दर्शन फलाक्ने मान्छे!
प्रेमको परिभाषा सिकाउने मान्छे!
आँशु र खुनको मुल्य बाड्ने मान्छे!
जुधाउँछौ चियर्समा
मेरो आँशुको बोतल
र,पिउँछौ चिरीपचिरीप
मेरो खुनको स्वाद।
मेरै मुटु-कलेजो पोलेको सितनसँग।

अब भन-
जो म -
कसाही र तिम्रो घेराबन्दीमा
तुक्रुक्क बसेको छु
निधारले हात थामेर।

भनन-
यतिबेला
कसको प्रेम स्वीकार गरुँ म?
कसाहीको या तिम्रो?
मलाई त-
कसाहीको धारिलो हतियार पनि स्वीकार्य छ।
र,हतियारभन्दा धारीलो तिम्रो वचन पनि स्वीकार्य छ।
किनकी,
दुबैले मेरो जीवनको आदर्श बुझ्दैनन्।
आखिर दुबैले मेरो ज्यान लिने नै हो।
भनन-
म कोसँग मरुँ?
कसाहीको हतियार्सँग?
या तिम्रो वचनसँग?

गजल - बज्र कुमार राई

जति गरे'नि तिम्रो निम्ति घटी भो जिन्दगी
धिकार्दै ' नि बाँच्नु पर्ने अति भो जिन्दगी

पसीनाको कमाई सारा लुट्यौ आफ्नाले नै
सुकासुका कति माग्यौं बिपती भो जिन्दगी

लटरम्म फलिदिन्छु फल खाउ सधैं भन्दा
बोटै काट्यौ ढले म त दुरगति भो जिन्दगी

हिजोसम्म जे जे भन्यौ सहीछाप गरिदिएँ
अझै के गरुँ सम्झौता असहमती भो जिन्दगी

मनमन्दिरमा राखेको'थ्यें मर्यौ देवता तिमी
मनैभित्र जलाउँदा त्यो लाश सती भो जिन्दगी

गजल- बज्र कुमार राई

यो उदासीमा दिल खोलेर हाँस्न पाए पो!
अनाथ जीवन तिमीसँगै बाँच्न पाए पो !


अति निर्जन कल्पनामा डुलिरहेछ मन
यथार्थमा प्रिय साइनो गाँस्न पाए पो !


फेलैफेल भएँ क्यारे तिम्रो प्रेम-परिक्षामा
एकपटक त तिम्रै मुटु जाँच्न पाए पो !


मान्छे त कताकता छाँयासम्म भागी हिड्छौ
यस्तो लाग्छ हात समाई नाँच्न पाए पो !


तिम्रै यादको छट्पटीले बित्छन् रातहरु
यी पलपलमा तिम्रो माया साँच्न पाए पो !

कविता , यसपालीको कविता -बज्र कुमार राई

मर्नेहरुको रगतले-
बाँच्नेहरुको स्वप्नील देशमा
संबिधानको किताब लेखिएन।
मानौं लख्ने नेत्रित्वदायीहरु
लेख्नै नजान्ने थिए।
के गाली गरुँ-
ति विवशहरुलाई
जो ति ब्रिद्धशिशुहरु
भर्खरै कक्षा एकको सरकारी पाठशालामा
पढदै थिए निशु:ल्क
आकर्षक तलब-भत्ता खाँदै।

फेरी समयको पाउबन्दी देखाएर
थपे समय
त्यही 'होमवर्क' लेख्नलाई।
भनेनन तर-
हामी दुइ साल एकै कक्षामा 'फेल' भयौं भनेर।
अझै मन नखुम्च्याउँ
अझै आशा नमारौं
मानौं यीनीहरुले लेख्नेछन्
नयाँ किताब
र,बाँड्नेछन् हाम्रो हातहातमा।
तर त्यो-
साह्रै केरमेट हुने पो हो कि!
अति अस्पष्ट हुने पो हो कि!
आशंका उत्तिकै छ मनमा।
खोइ के लेख्यौं यस्तो-
असफल र बेमेल
यसपालीको कविता।

झण्डाहरु धेरै फहराए
सपनाहरु धेरै बाँडिए
सहमती र सम्झौताहरु धेरै भए
तर हाम्रो पेटका लागि-
ति झण्डाका हँसिया-हथौडा
हलो-जुवा काम लागेनन्।
ति झण्डाका ताराहरु
हाम्रो बर्तमान र भविष्यका लागि
उदाउन सकेनन्।
हाम्रो निधारमा।
हाम्रा नानीहरुले
देशको नक्सा कोरेर
कोइलाले ढुंगामा
क ख लेख्न खोजिरहे।
तर बाँडिएन
ति झण्डाको कलम
बिकटतिर।

देश दुइ लाख रोपनी घट्यो
सीमानाबाट।
तर निकालिएन झण्डाबाट
खुँडा-खुकुरी,मशाल
र, देशको वास्तविक नक्सा।
अनि,गरिएन पनि-
शाहसीक खबरदारी!
ओ वैरी हिम्मत नगरे हुन्छ
वीर गोर्खालीको नेपाल कुल्चने।
हामी हजारका लागि एक काफी छौं
आइ नै लाग्यौ भने-
भूलेर हाम्रो इतिहास भन्दै।
खोइ के लेखौं यस्तो-
लाचारी,बेशरम र पराधीन
यसपालीको कविता।

गाउँमा उर्दी आयो-
शहरको सडकमा
अधिकार खोस्न आउ भनेर
हामी आयौं-
आकाशे पानीले भिजेको माटोमा
मकै छर्न छोडेर।
दुइ छाकको लागि आगो नबल्ने
घर नामको झुप्रोमा
अलपत्र नानीहरु छाडेर।
नाराहरु चिच्याउन
जिन्दाबाद!!!
मुर्दाबाद!!!
तर सुनेन-
शहर र सिंहदरबारले
र,पाइएन पनि
आत्माधिकार।
खोइ के लेखौं यस्तो-
आफैंभित्रको मर्माहत र विवश
यसपालीको कविता।

नहुनेहरु
पसीनाको लेउ पखाल्न नपाएर
गन्ह्राइरहे दंगदंगी दुर्गान्ध।
हुनेहरु
'परफ्युम' छरेर शरीरभरी
मग्मगाइरहे कृत्रिम सुगन्ध।
गरीब बाउका तरुनी छोरीहरु
बेची नै रहे-
सीमापारिका'पिलाहाउस'तिर।
र बेची नै रहे-
लालचमा
हाम्रा दिदिबहीनीहरु
मरुभूमितिर।
कुनेपाली दलालहरुबाट।
खोइ के लेखौं यस्तो-
धर्ती-आकाश नै जती
असमान र सत्य
यसपालीको कविता।

डर्,धम्कि,अपहरण,असुली
हत्या \ आत्महत्या
दैनिकी बन्यो देशमा
भ्रष्ट्र \ भ्रष्ट्रचार
अन्याय \ अन्यायी
झनझन बढे देशमा
महँगी \ महँगाइ
उक्लियो चरमचुलीतिर
गरीबको पेट कुल्चँदै।
र भोकै-नांगै भए
जनता नामको प्राणी।
खोइ के लेखौं यस्तो-
अनैतिक,गैर जिम्मेवार
र, नियम- कानुनबिहीन
यसपालीको कविता।












--------------------------------------------------------------------------------

गजल- बज्र कुमार राई

धेरै भयो मेरो खबर पाउन छाडे छौ
यो जुनिमा मेरो माया लाउन छाडे छौ

यो मनको बेदनालाई मैले पठा'को'थें
ति हरफलाई गीत बनाई गाउन छाडे छौ

रोजि हिड्दा दोबाटोमै राम्रो मिल्यो क्यारे
मलाई भेट्ने बगैचामा धाउन छाडे छौ

हर कोशिशले तिम्रो माया पाउन खोजिरहें
तिमी भने यो भाग्यमा छाउन छाडे छौ

अन्तिम सही भेट्छु भनि कुरें मुलबाटोमा
आजकल तिमी त्यतातिर आउन छाडे छौ

Thursday, May 27, 2010

कविता, मेरा आदीम अभिव्यक्ति - बज्र कुमार राई

आज मैले-
घामभित्र मेरो अनुहार नियाल्दा
मेरा आदीम खप्परहरु
ट्वालट्वाल्ती आँखा गाडेर
लखौं चिहानहरु
रोइरहेको भेटें।

मैले अलिकति मात्रै
उसलाई कोट्याएर सोधें-
मेरा पुराना कालखण्डहरुको पाण्डुलिपी।
उसले भन्यो-
ति सबै त चार हरफमा टुंग्याइ दिए
छदमभेषी जोगिहरुले।
र, इतिहासको किताब बनाएर
एकलौटी बखान बाँडे
भूगोलमा।

जोगि न थिए-
धोतिमा छर्लङै लाज छोपेर
धागोमा सर्वस्व गाँठो पारेर
माग्दै हिड्थ्यो-
एउटा मन्दिरको भिख।
हामी त देवता थियौं बाबु!
जोगिको शरणसँग
आफ्नो मरण स्विकारेर
ठुल्ठुला ढुंङाको बीचमा
वेनामे शहीद मरी रह्यौं
यो माटोमा।

बाबु!
अब त घाम बद्ल्यो रे!
अब त नाम बद्ल्यो रे!
के बद्ल्यो त!
इतिहासको झुठो बखान?
के बद्ल्यो त!
हाम्रो पहिचान?
यो माटोमा।

बाबु!
अब त तिमीले
यी घामका बिकिरणहरु चिन्नु पर्छ
त्यसलाई रोक्नु पर्छ \ छेक्नु पर्छ
तिम्रो निधारमा भासिनु अगावै।
यि उज्यालोका अँध्यारोभित्र
तिम्रो लडाईं नितान्त छ
तिम्रो सामुन्ने मै-
नयाँ नयाँ वादी \ प्रतिवादी छन्
तिमीलाई रनभुल्ल पार्ने
प्रयोग र षडयन्त्रहरुसँग।

तिमीले चिन्नै पर्छ
चिन्छौ पनि
मेरो भत्काइएका चिहानहरु।
यी घामसँग
हाम्रो जिन्दगी खोस्दै हिड्दा।

हामी त !
यो हावापानी
यो माटो
यो सीमानाभन्दा
धेरै परपरसम्म छौं।
हामी तिम्रो आदीम!
केवल तिम्रो आदीम!

गजल -बज्र कुमार राई

विपनामा नभेटे'नि सपनामा आउँला सानु!
जुनिभरी तिमीसँग चोखो प्रित लाउँला सानु!

तिमी मागे विधातालाई यो मेरो इच्छा भन्दै
भाग्यमा छैनौ भने अर्को जन्म पाउँला सानु!

सिर्फ तिमी शुरु अन्त्य सबै रहर मरे पनि
प्रतिज्ञाको कमी भए अझै कसम खाउँला सानु!

यो जिन्दगी लुटी रहे एक निमेष बाँकी हुँदा
विदा भए संसारबाट आत्म छोडी जाउँला सानु!

शायद तिमी बिर्सने छौ सबै मेरा ति पलहरु
छाँया भूले घाम बनि मनैभरी छाउँला सानु!

कविता, अनाथ अभिव्यक्ति - बज्र कुमार राई

तिमी
जति निचोर
अनाथ मन
र,पिउन खोज
आँखाको रस।
चुहिदैन नुनिलो आँशु
र,तिमी पिउन सक्दैनौं पनि।
किनकि,
तिमीले पिउने आँशुमा
तिम्रै आलो रगत देख्नेछौ
सधै नै तिमीले।

तिमी
लाख सुइरो घोप
टुहुराको छातीमा।
र,दु:खाउन खोज
मुटु-कलेजो
अति नमिठोले।
दु:खदैन रत्तिभर
र, तिमी दाह्रा किट्दै
चिमोट्न सक्दैनौ पनि।
किनकि,
तिम्रो अनगिन्ति बचन सहँदै बाँचेको
तिम्रै निर्धन मुटु-कलेजो हो यो।

तिमी जत्तिसुकै
क्रुर बर्बरताको प्रदर्शन गर
र, मेटाइदिन खोज
उत्साहको जिन्दगी।
सक्दैनौ मार्न
र,तिमी खान सक्दैनौ पनि।
आफ्नै लाशको गतिलो चोक्टा।

भो
तिमी सपनाको साम्राज्यमा
टुहुराको दरबार बनाउछु नभन
र, नखोस उसको
एक्लोपनको
झस्कँदो निद्रा पनि।
केवल मान्छे!
प्रेममा बाँच्छ।
प्रेमले बाँच्छ।
सिर्फ प्रेम....

गजल - बज्र कुमार राई

थाहै नपाई आज किन आँशु झरेछ
तिमी बिना एक्लै बाँच्ने आशै मरेछ

आफुभन्दा प्यारो मान्ने यो जिन्दगीले
तिम्रो पाइला पछ्याउँदै खोला तरेछ

मभित्र अति हुने तिम्रो यादको भुकम्पले
यो मुटुको कुना कुना हलचल गरेछ

रहर मार्दै बाँच्नु पर्ने मेरै विवशताले
म बस्ने मनको वस्ती अन्तै सरेछ

मेटेर'नि नमेटिने लेखेको लेखान्तमा
सबै दोष र सरापहरु मलाई परेछ

कविता , रातो संकेत - बज्र कुमार राई

मेरो टाउको पर्सेर
मार हान्थ्यौ त-
सहने थिएँ-
निरीह आचनोको भाग्य।
अनि,रातो सिर्का थुक्दै
तिम्रो कोरी अनुहारमा
एकछिन,
निष्प्राण विजोगले छट्पटाउने थिएँ-
रातै भलमाथि।

अफसोच,
तिमीले बलजफ्ती
इज्जत च्यात्यौ मेरो।
र,निर्वस्त्र गल हत्यायौ-
कुमान्छेको मेलामा।
म कति हो कति भागे
म कति हो कति लुके
अनुहार छोपेर।
तर, छाडेनन् कसैले
लखेट्न \ घेर्न
र, लुट्न मलाई।

यो दुनियाँले
मेरो सानो मान \ सम्मानको
अति सस्तोमा लिलामी गर्‍यो
र, गरी नै रह्यो
अनाबरत बलात्कार
जिन्दगीको।

अब,
हेर्न सक्छौ त हेर-
तिम्रा खुल्ला आँखले
तिम्रा निर्दयी मनले
मभित्र दबिरहेको
मेरो क्रुरता
यो क्षण-
म कति आत्मघाती तयार भएको छु
मेरा एकल र रहरमुखी
सपनाहरु अपहरित भएर
हत्या भएपछि
तिम्रो चिहान स्विकार्ने छातीभित्र।

अब त मलाई-
जिउँदो लाश सम्झ
वा साक्षत् भुतप्रेत सम्झ
म आउँदै छु-
तिम्रा हरेक खुशीको उत्सवमा
वा यस्तो सम्झ-
तिम्रो विवाहको मण्डपमा।
तिमीलाई नंग्याएर
तिम्रो आधा प्राण मेट्न
वा अलिकति विद्रोहले
तिम्रो सम्पूर्णता बिगार्न।
तिम्रो दुलहीको सामुन्नेमा।

शायदै तिमी,
अझै बुझ्नेछौ-
यो क्षणको अनुभूति
मेरो यो हिंसाको आरंम्भबाट।
कस्तो हुन्छ-
सपना र रहर मरेको मान्छे।
कस्तो हुन्छ-
त्यो पीडा....
कस्तो हुन्छ-
त्यो विवशता...
यो रातो संकेत तिमीलाई।



Mail Search

गजल - बज्र कुमार राई

खाली यो जिन्दगीमा पीरैपीर भरेर गयौ तिमी
सही नसक्नु आँशुको बीउ छरेर गयौ तिमी

मनमा सधैं पहिरो जान्छ स्‍मृतिको बाढी आउँदा
थाम्दा थाम्दै आँखाको डीलमा झरेर गयौ तिमी

प्रश्न मात्रै सोधि सोधि उत्तर बुझ्छु भन्थ्यौ सधैं
मेरो आत्म खोतलेर अन्तकता सरेर गयौ तिमी

भन्ने गर्थ्यौं अब हाम्रो मिलन हुन्छ यथार्थमा
आउनै लाग्दा खुशीको मौसम टरेर गयौ तिमी

हर्ष-उल्लास केही छैन आज तिमीले एक्लो पार्दा
यो छातीभित्र बाँच्नुको आधार मरेर गयौ तिमी

गजल - बज्र कुमार राई

जिन्दगीमा दनदन आगो बलेर जादैछु
चितामाथि एउटा लास जलेर जादैछु

यो अन्त्यमा तिम्रो साथ लान नमिलेर
रोइ दिने तिम्रा आँखा छलेर जादैछु

अभागी यो पुर्पुरोमा अरु आयु नपाएर
पहाड झैं तिम्रो विश्वास ढलेर जादैछु

हिजोसम्म तिम्रो सामु हारी मात्रै रहें
बल्ल आज रातो अबिर दलेर जादैछु

तिम्रो लागि यो मुटु छाड्न नमिलेर
तिम्रो दिलको धड्कनसँग चलेर जादैछु

गजल - बज्र कुमार राई

मनको भित्ता रंगाउने रंग चुनमा छैन साथी
आफ्नो जस्तो सफा सोचाई उनमा छैन साथी

जिन्दगीका गीतहरु बिछोडका घाऊ झैं बच्छन्
फेरी अर्को नयाँ भाका कुनै धुनमा छैन साथी

हिड्दै थिएँ उज्यालोमै अध्यारोले छोप्यो आज
टहटह छाइ दिने मन यो जूनमा छैन साथी

जन्मीने रहर बीचमा हत्या भए सपनाहरु
बचाइ दिने आफ्नो नाता खुनमा छैन साथी

दिदा दिदै रीत्तो भयो उधारोमा यो जिन्दगी
प्रतिफलको हिसाब किताब गुणमा छैन साथी

गजल - बज्र कुमार राई

साडेसातको दशा ठान्थ्यौ टरेपछि आउनु
अन्तिमसम्म माया गरें मरेपछि आउनु

गदगद हुँदै म जलेको धुँवा सुँघ्छौ भने
आर्यघाटमा मेरो चिता बलेपछि आउनु

बाचाएर मेरो माया ह्रिदयमा राख्छौ भने
यो शरीरको धुलो खरानी झरेपछि आउनु

बंगलामा बसे पनि निंदाउने ठाउँ नपाएर
स्वर्गबासमा मैले डेरा सरेपछि आउनु

जाने बेलासम्म पनि तिमीलाई खोजिरहें
यो खबरले तिम्रो आत्म भरेपछि आउनु

गजल - बज्र कुमार राई

यो छातीलाई सधैं मुड्की हान्दै बाँचेको छु
तिम्रो लागि अन्तिम प्राण धान्दै बाँचेको छु

तिम्रो यादको भल-बाढी मनमा मिसिएर
यो जीवनमा रगत-आँशु छान्दै बाँचेको छु

खिल पल्टेका काँडाहरु झिकीदिने नभएर
यो मुटुलाई तिखो भाला हान्दै बाँचेको छु

काटे-मारे जे गरे'नि भावबिहीन भएर म
आज आफ्नो जिउँदो लाश तान्दै बाँचेको छु

दु:खसँग डराएर भागिरहेका हाँसो-खुशी
एक दिन त पाउँछु भन्ने ठान्दै बाँचेको छु

Thursday, April 22, 2010

कविता - "पींडाभित्र अठोट खोज्दा" - बज्र कुमार राई

एकतमास
समस्याका ज्वरभाटा
उछिटिन्छन् अनुहारमा
खोज्दा-खोज्दै
समाधानका उपायहरु।

जुक्ती आउँछन् / जान्छन्
बुध्दी लागेर लाग्दैन
मात्र अर्थको अर्थ अभावमा
गर्व नबस्दै योजनाको
तुहिन्छन् निर्दोष ति सपनाहरु
भत्काउँदै जिन्दगीको
सगरमाथा।

बाध्यताको रुप कालो!
जदौ जदौ गर्दै
लम्पसार पर्छ-
चरणको धुलो चाट्न।
यतिबेला-
नपाएर निमेषभर
करुणाका आँखाहरु
थुकिन्छन् \ कुल्चिन्छन्
मर्माहत हबिगतहरु।

परिस्थिति केरमेट भएर
अति नै
अस्पष्ट बन्छन्-
सक्कलि रुपचित्रमा।
खोइ कसले चिनोस्!
खोइ कसले बुझोस्!
भावशुन्य जिन्दगी।

यद्धपि,
यो नै अन्त्य होइन
सपना,संकल्प र योजनाहरुको।
अझै बाँकी छन्-
विवशताको ज्वालामुखी फुटेर बग्न
शीरदेखि पाइतालासम्म
पाइतलादेखि शीरसम्म।


अब
यिनै हिनता र कष्टहरुको
उचाई टेक्दै
उक्लने पो हो कि!
यस्तै असमान्तर घामतिर
जिन्दगीको गन्तब्यतिर
सम्पुर्ण पींडाको मिठासतिर।

Geet

मेरो फोटोले माला लगाउँदा एक्लो नहुनु तिमी
बितेका ति पलहरु सम्झेर कहिल्यै नरुनु तिमी

भित्रभित्रै रोए पनि बाहिर भने हाँस्नु तिमी
नचाहेरै साथ छाडें अरु धेरै बाँच्नु तिमी

यो दिन हो उज्यालै छ मलाई अध्यारोमा नखोज्न तिमी
बलेको बेला मुटुबीचमा आगो यादहरुले नझोस्नु तिमी


बिधाताको मन्जुरी यो भाग्य कमजोर नठान्नु तिमी
उडिरहेको यो आत्म मेरो आफूतिर नतान्नु तिमी

कविता - "मान्छेको अनर्थ र आरम्भ" - बज्र कुमार राई

आमा!
तिम्रो आस्थाको मन्दिरमा
मानव बधशाला खोलेर
मान्छेको गर्धन छिनाल्छन् मान्छे
के तिमीले मागेको हौ र?
निंहत्था मान्छेका खप्परहरु।

यो के सोधें मैले!
यो के देख्नु / सुन्नु पर्यो तिमीले!
जुलुश जुलुश मान्छेहरु
मृत्‍युको माग राखेर
जोरी खोज्दोछन् खोज्दोछन्

अचम्म छ उस्तै-
त्राही त्राही हत्याराहरुको।
साम्राज्य बन्यो तिम्रो छाती
बिगबिगी तस्करहरुको।

यहाँ
केही मुठ्ठी मान्छेले-
खोइ कताबाट / कसरी फाल्यो जाल
शान्त मान्छेको नदीमा
भुट्भुटिएका छन् मान्छे बगरमा।
तैपनि भन्छन् मान्छे
हामी बाँचेका छौं।

यहाँ नै-
केही मुरी मान्छे
अन्जान / अपरिचित
पटमुर्ख / अनागरीक छन्।
यदाकदा लुट्न पाएर
मान्छेको दुर्गम आश्था
भन्छन् मान्छे-
हामी दिनलाई रात
र,रातलाई दिन बनाउनेको पक्षमा
अग्रगामी छौं।

यहाँनेर मान्छेले-
किन बुझ्न सकेनौं!?
किन सिक्न सकेनौं!?
मान्छेको आधारशीला
सुसभ्य / सुसंस्कार
शुशान्त जीवन जिउँनुको कला!

भोलिका लागि -
आज र अहिले भएर
सिक्ने पो हो कि?
सिकाउने पो हो कि?
मान्छेका स्वाधीन जीवनका सच्चाईहरु।
बिल्लिबाठ मान्छेका पाइलाहरु टेक्दै
रगतका अनगिन्ति टाटाहरु पखालेर
घामको नयाँ अनुहार
जन्माउदै
बस् जन्माउदै...

कविता - "जिन्दगीका हरफहरु" - बज्र कुमार राई

एउटा खोचमा
निख्लाम पल्टेकोछ
बगर जिन्दगी।


बग्छ बाढी
खहरे खोल्छाहरु
बगाएर घरीघरी
जिन्दगीको किनारा।

समाउने न त भुट्यानहरु छन्
रोक्ने,जोड्ने न त स्वरुपहरु छन्
सहनुको कुनै सीमाना छैन
फगत बग्नु छ-
बेठेगान
बेसंस्कार
घुलिंदै,अल्झंदै...
धमिलो बहाबहरुसँग...!

नभेटेको होइन-
नबगाएको पनि त होइन
कलकल आवाज
निर्मल मन
सुस्तरी चाल
र,स्पर्शी मिलन।

ति मात्र चोइटिएका
केही अविश्मरण
खाल्डाखुल्डी गाडिएर
अन्धावेग जिन्दगीमा
बग्यो निरन्तर
निरन्तर
सम्पुर्णता निथ्रुक्क भिजाउदै।

यस्तो लाग्दैन-
कतै अडिन्छ जिन्दगी
एउटा अत्यन्तै
स्वर्णिम
स्वप्निल
साथको आडमा।
मनोहरा भएर।

उल्टै छ-
कर्मनाशा
सयौं पहाडहरु ढालेर
रोक्न खोजे पनि
छेक्न खोजे पनि
नित्तान्त एकलाश जिन्दगीमा।

अब त-
खाँचो घोटेर गलामा
अयोग्यता भोक्दै ढल्नु छ जिन्दगी।
न हर्ष न त बिस्मात नै।
कुनै सारथी आयाममा।
कुनै सुनौंलो सुरुवातमा
मात्र भग्नाबशेषमा
टुक्रुक्क बसेर
हत्केला थाम्दै निधारले
थुकका छिटाहरुमा
खोज्दै छु जिन्दगी
कता उछिटियो!
कता हरायो!


एक्लै छाडेर
भोगाईहरु
जिन्दगीले
कोर्दैछु बगर जिन्दगी
अनि बाटोहरु...
बेअर्थ
बेमेल
जिन्दगीको दुइ किनारामा
जिन्दगी!


निरुत्तर
निरुध्देश्य
एउता अर्को जिजिबिषा
जिन्दगीमा।

गजल - "एक्लो जीवन रमाउँछु नभन" - बज्र कुमार राई

तिमी बिना एक्लो जीवन रमाउँछु नभन
मलाई मारी ठुलो नाम कमाउँछु नभन

जिन्दगीको घरबारमा सँगै बसौं भन्दा
मलाई छाडी अन्तै डेरा जमाउँछु नभन

अरु कोही चाहिदैंन मागी हिड्छु तिमी
पछि लागे पक्राउ पूर्जी थमाउँछु नभन

लेखान्तमा रहेन छौं लौ त छुटौं भन्दा
दुनियाँमा जहाँ भागे'नि समाउँछु नभन

गजल - "एउटा लाश अझै बाँचेको छु" - बज्र कुमार राई

छातीभरी किला ठोक्यौ तर हाँसेको छु
तिम्रो लागि एउटा लाश अझै बाँचेको छु

अचानोमा टुक्रा पार्यौ अब छैन बाँकी केही
तर पनि मुटु बीचमा माया साँचेको छु

पत्रपत्र च्यात्दै फाल्यौ जीवनका फूलहरु
तर त्यही संगालेर मैले माला गाँसेको छु

जताततै घाउ पार्यौ छिद्रछिद्र कलेजीमा
फेरी अर्को धनुष-वाण मैले भाँचेको छु

कुनै मीठो भाका छैन जिन्दगी उदास हुँदा
तिम्रै तालको बेजात्रामा म त नाचेको छु

Geet

कसलाई देखाउँ ब्यथाहरु चोट गनेर
ति दु:खाईमा हरपल मर्दा हेर भनेर

जहाँ भागे'नि आउँछ याद आगो बनेर
देखाउँदिन बाहिर मुटु जल्यो भनेर

कहाँ गाड्नु स्म्रुतिलाई चिहान खनेर
शान्तिसँग एकान्तमा बस भनेर

लेख्दिन म कुनै कथा रातदिन गनेर
बिछोडिंदै पागल आत्म मर्यो भनेर

कहिले काही हेर्छु तिमीलाई देवता बनेर
आउँदै छौ कि स्वर्गतिर भेटुँ भनेर

कविता - "आमा खोज्दै जाँदा" - बज्र कुमार राई

बर्षौ पहिले-
जब एउटा दुधे बालक
अलपत्र छाडेर गयौ सिकुवामा
आमा तिमीले।

त्यो बेलाबाट नै-
कालो भाग्य लिएर
जन्मेको एउटा टुहुरा
तिम्रो खोजीमा
आफैं हराएको छ।

कतै जम्काभेट भैहाल्यो भने-
अंगालोमा सुम्सुमाउँदै
हजारौं पटक चुप्पा गर्नु है आमा!
त्यो नालायक जवानलाई
मेरो कान्छा भेनेर।

हेरन-
उसलाई तिम्रो थाङ्नाको ओछ्यानमा पल्टेर
तेल लगाई माग्नु छ रे!
तिम्रो ममतामा लाडे पल्टेर
तिमीलाई दंगाउनु छ रे!
तिम्रो काखमा मस्तले निंदाउनु छ रे!

अझ भन्छ-
तिमीलाई आँखाको नानीमा डुलाउनु छ रे!
तिमीलाई मुटुको धड्कनसँग जोड्नु छ रे!
तिमीलाई जिन्दगीको हर् शुखान्त भोगाउनु छ रे!

उसलाई त-
तिमीले छाडेदेखि
मुखमा थुकिएका थुकका दागहरु देखाउनु छ रे!
शरीरभरी भाँचिएका
सिर्कुनाका लुम्साहरु देखाउनु छ रे!
मन र आँखाभित्र थुनिएका
गालि र श्रापहरु फुटाउनु छ रे!
जदौरी र भतुवा जिन्दगीको
इतिश्री सम्झाउनु छ रे!

उसलाई त-
तिम्रो लोग्नेको मजबुर अन्त्य कथा सुनाउनु छ रे!
केवल तिमी बुझ्न सक्छौ रे!
त्यो कथा।
एउटी अर्धाङिनी भएर।
जन्म- जन्मान्तरको प्रेमिका भएर।
जसको मिलन छोटो रह्यो
बिछोड अति लामो-
उदेग, अशान्त र पीडादायी।
उसलाई भन्नु छ रे!
तिम्रो त्यो लोग्ने-
साँचो बाउ थियो रे उसको।
जसले आफ्नो वीर्यदान
र,तिम्रो दश महिने गर्वलाई
रगत पसीना बगाउदै
हुर्कायो\पढायो\लेखायो रे!
धन्य!धन्य!! सत्य र महान!!
त्यो एक्लो लोग्ने मान्छे!
कर्तब्यपथबाट कहिले पछि हेटेन रे!

उसले-
तिमीलाई
कहाँ कहाँ मात्र खोज्दैन रे!
घ्रिना सहँदै बाँचिरहेका
ति आइमाइहरुमा।
ब्रिधाश्रममा पन्छाइएका
ढनाढ्य रवाफदारका
आमा\आमाहजुरहरुमा।
समाजिक तिरस्कारले
बहुलाएका नारीहरुमा।
तर भेटेन रे उसले-
उसको साँचो आमा।

उसँग त-
तिमीलाई चिन्ने तिम्रो एउटा फोटोसम्म छैन रे!
तिमी बसेको चिहान पनि थाहा छैन रे!
कस्ती थियौ होला हगि आमा?

उ त भन्छ-
मेरी आमा!
सीता सावित्री भन्दा फरक
सिद्धकालि थीन सिद्धकालि!
रे उसको आमा।
जसको रुपचित्र म कोर्न सक्दिन
जसको वर्णन म गर्न सक्दिन
म त मात्र कल्पन्छु। मात्र कल्पन्छु...


आमा! तिमी जहाँ छौ-
आउ है एक पटक फेरी जन्मेर
मेरो थाप्लोमा आर्शिवाद दिन।
म लडेर \ भिडेर
जित्न सकुँ-
यो दुनियाँ।
तिमो यादका लागि
तिम्रो विश्वासका लागि
तिम्रो छोरो भएर।
ओ मेरी आमा!
ओ मेरी आमा!

कविता - "दिन लागेपछि" - बज्र कुमार राई

देवाता भाग्छ!
दुधले नुहाउदैन
आरती-भजन बेसुर बन्छ
फूल-प्रसाद ग्रहण हुँदैन
जति पुकार न मान्छे-
कुनै जिउँदा आउँदैनन्
साक्षत् इश्वर भएर।
दिन लागेपछि....

जिन्दगीको कुलो
पहिरोले पुरिन्छ
कता हो कता।
जोत्दै गरेको हलगोरु
सेरिन्छ जुवामा।
भाँचिन्छ फाली हलोसँगै।
बिरक्त खडेरी
बाँझो पल्टन्छ मान्छे
दिन लागेपछि....

लोग्ने स्वास्नीको हुँदैन
स्वास्नी लोग्नेको हुँदैन
छोराछोरी बिल्लिबाठ हुन्छन्
आफन्त मुख फर्काउँछन्
अर्कातिर।
दिन लागेपछि....

छँदाखादैको हँसिलो परिवार
बिछोडिन्छ नमज्जाले।
समाज बलियाको पछि दौडिन्छ
जुलुश उल्टेर।
दिन लागेपछि....

मान्छे-
बिषले मर्न सक्दैन
पासोले झुण्डिन सक्दैन
जति मागुँ -
लम्पसार परेर
मृत्‍युको भिष
अहँ आउँदैन मुक्ती
सजिलो बाटो हिंडेर।
दिन लागेपछि.....

आँखा फोडिन्छन्
दाँत झारिन्छन्
हात्-खुट्टा भाँचिन्छन्
रगत बगाइन्छन-
ह्वालह्वाल्ती।
अनि निष्प्राण बन्छ मान्छे
दिन लागेपछि....

त्यो दिन मान्छे-
भोटमा हार्छ
नोटमा हार्छ
कोटमा हार्छ
स्वाभिमानमा हार्छ
युद्धमा हार्छ
देश \ बिदेशमा हार्छ
प्रेम \ स्नेह
माया\ममतामा हार्छ
दिन लागेपछि....

मान्छे मात्र कहाँ हो र!
देश हार्छ
माटो हार्छ
देवता हार्छ
दैत्य-दानव हार्छ
यो ब्रम्हाण्ड हार्छ
खगोल हार्छ
समय हार्छ
सत्य- धर्म हार्छ
दिन लागेपछि....

यसरी आँशु बिक्दैन
मान्छे बिक्दैन
र,अराजक्ता फैलिदै जान्छ-
निर्दयी भएर
आकाशभन्दा विशाल विशाल....
दिन लागेपछि.....

गजल - "तिम्रो दिलको बगैंचामा" - बज्र कुमार राई

तिम्रो दिलको बगैंचामा रातो गुलाब फूलेको छु
भविष्य त थाहा छैन बर्तमानमा भूलेको छु

कति क्षितिज छिचोलेर तिमीलाई खोजी हिड्दा
एक्लो हारको निराश संसार मैले डुलेको छु

सधैं त्यस्तै अध्यारो थिएँ कालो बादल मडारिंदा
धुम्म थियो मनको आकाश आज बल्ल खुलेको छु

एउटा उराठ बाँझो थिएँ कुनै सपना नरोपीदा
तिमीलाई पाएँ आज हेर लहलह झुलेको छु

प्याला भर्दै जति पिउँछौ म त तिम्रो मिठो नशा
सक्छौ भने छुट्याउ अब बरफसरी घुलेको छु

कविता - "कलकलाउदो यो जिन्दगी" - बज्र कुमार राई

कलकलाउँदो यो जिन्दगी मासिदै छु लौन
तिम्रो यादको सिमसारमा भासिदै छु लौन

जिन्दगीमा पहिरो गयो भत्के सपनाहरु
फेरी अर्को खेत बिराउन तासिदै छु लौन

एक्लो मन विभोर भयो तिम्रो आगमनले
चुम्बक रहेछौ फलामसरी टाँसिदै छु लौन

तिम्रो साथ प्यारो लाग्छ दु:खसुख बाँड्न
अन्तर मनमा बाट्टिएर गाँसिदै छु लौन

घरीघरी मर्ने गर्छु मेरो इच्छा नसोधिंदा
आफ्नो नामको रगतबाट नासिदै छु लौन

कविता - "मान्छे खाने त्यो मान्छे" - बज्र कुमार राई

साथ मागेर
अन्तर्घात गर्‍यो
मन मागेर
खिल्ली उडायो
नाता मागेर
सम्बन्ध कुल्च्यो
भन्छ-
अझै पुगेन रे!

औंला मागेर
हात चपायो
रगत मागेर
तनतनी पियो
पसिना मागेर
मोज उडायो
भन्छ-
अझै अघाएन रे!

आँखा मागेर
दृष्‍टि पहिल्यायो
नाक मागेर
हर पाइला सुँघ्यो
खुट्टा मागेर
बाटो हिड्यो
उचाई मागेर
गन्तव्यमा पुग्यो
भन्छ-
अब ज्यान चाहियो रे!

दुकदुकी मागेर
हृदयमा पुग्यो
श्वासप्रश्वास मागेर
प्राणमा पुग्यो
शरीर मागेर
टाउकोबाट चिर्यो
भन्छ-
अब लाश चाहियो रे!

दाँत मागेर
चोक्टा लुछ्यो
जिब्रो मागेर
स्वाद लियो
घाँटी मागेर
किलकिले निल्यो
पेट मागेर
आन्द्रा पचायो
भन्छ- अझै मज्जा आएन रे!

उ मान्छेवादी रे!
उ समयवादी रे!
उ सत्य रे!
उ जुगान्तर महान रे!
महान!
मान्छे खाने त्यो मान्छे!

गजल - "गरीबी र भोकमरीको हित बनोस् नयाँ बर्ष" - बज्र कुमार राई

गरीबी र भोकमरीको हित बनोस् नयाँ बर्ष
नेपाल र नेपालीको जीत बनोस् नयाँ बर्ष

यो धर्ती यो आकाशले सुनौलो आयाम खोज्दा
मुर्झाएको आस्थामाथि शीत बनोस् नयाँ बर्ष

विसंगति , कुरीतिले असमानता बड्दै जाँदा
अग्रगामी आवाजको गीत बनोस् नयाँ बर्ष

इर्ष्या ,द्धेष, कलहले भाइचारा मर्दै जाँदा
भावानाको नाताभित्र मीत बनोस् नयाँ बर्ष


परस्परको अहीतले विश्वासमा संकट आउँदा
सुमधुर सम्बन्धको प्रित बनोस् नयाँ बर्ष

गजल - "टुहुराको यो दु:खी मनले भूलेन त आमा" - बज्र कुमार राई

आजसम्म मनको आकाश खुलेन त आमा!
टुहुराको यो दु:खी मनले भूलेन त आमा!

तड्पीएर मर्छु सधैं तिम्रो फोटो नभेटेर
तिम्रो यादमा रोपेको फूल फूलेन त आमा

आँशुमय बन्ने गर्छु रमझमको दुनियाँमा
अन्त कतै यी दुइ आँखा डुलेन त आमा

जीवनदेखि अलग्गै छु तिमीसँग मिलुँ भन्दा
सागरभित्र अनाथ ढुङ्गा घुलेन त आमा!

ममताको न्यानो माया कोहीसँग नभेटेर
कुनै काखमा निर्दोष ज्यान झुलेन त आमा!

कविता - "गरीब र दैव सत्य" - बज्र कुमार राई

मान्छेको बजारमा
गरीबीको अभावमा
गरीब बिक्दैन
नांगिदैमा।
तनमा
मनमा
भावनामा
न कुनै सिद्धान्तमा
न त कुनै नौलो आयाममा नै।

उ त मात्र जन्मन्छ-
एकछीनको यौनक्रिडाले
मान्छेको स्वरुप लिएर।
आफैंमा बोझ भएर
भोक भएर
शोक भएर
अन्त्यहीन समबेदना....

यो दोष होइन-
जन्माउने र जन्मिनेको
अभिसप्त भाग्यमा।
ए सृस्‍टिमोचक!
बिधातालाई पाता फर्काएर कोर्रा हान
झनझन् उनी दैवको नामले
पक्षघाती भएकी छे।

बिन्ति छ दैव!
असमान बनाउनु नै छ भने-
नछुट्याइ नहुने नै हो भने-
भैहाल्यो नि त!
गरीबलाई
भोक लाग्ने पेट नदेउ!
आँशु बग्ने आँखा नदेउ!
शोक गर्ने मन नदेउ!
रोग लाग्ने शरीर नदेउ!

यो प्रयत्नको प्रयोगशालामा
गरीबीको अनुशाशीत पंक्ती मारेर
परिक्षण गरी हेर-
यहाँ पनि
तिमी घुषखोरी हुनेछौ
मनोमानी गर्नेछौ

उफ! नतमस्तक छ
गरीब र गरीबी!
कुनै अबसरमा
कुनै योगदानमा
कुनै सफलतामा
मान्छेको बजारमा।



बज्र कुमार राई

गजल - "तिम्रो यादलाई थुनि" - बज्र कुमार राई

तिम्रो यादलाई थुनि राख्ने जेल छैन सानु!
अझै किन दुई आत्मको मेल छैन सानु!

स्वतन्त्र तिम्रो माया छातीभित्र उडी हिड्छ
बाँधि राखुँ त त्यस्तो कुनै नेल छैन सानु!

उडी आउँ त कता हो कता अल्मलिन्छु आफैं
मनको लिकमा तिमी भेट्ने रेल छैन सानु!

जिन्दगीको पानाभित्र छापेको छु धोकै धोका
आजसम्म साँचो प्रेमको चलखेल छैन सानु!

टाढा सही अँध्यारोमा जुनेली जुन नै थियौ
पहिले जस्तो तिम्रो छाँया अचेल छैन सानु!

गजल - "विपनामा नभेटे'नि" - बज्र कुमार राई

विपनामा नभेटे'नि सपनामा आउँला सानु!
जुनिभरी तिमीसँग चोखो प्रित लाउँला सानु!

तिमी मागे विधातालाई यो मेरो इच्छा भन्दै
भाग्यमा छैनौ भने अर्को जन्म पाउँला सानु!

सिर्फ तिमी शुरु अन्त्य सबै रहर मरे पनि
प्रतिज्ञाको कमी भए अझै कसम खाउँला सानु!

यो जिन्दगी लुटी रहे एक निमेष बाँकी हुँदा
विदा भए संसारबाट आत्म छोडी जाउँला सानु!

शायद तिमी बिर्सने छौ सबै मेरा ति पलहरु
छाँया भूले घाम बनि मनैभरी छाउँला सानु!

कविता - "अनाथ अभिव्यक्ति" - बज्र कुमार राई

तिमी
जति निचोर
अनाथ मन
र,पिउन खोज
आँखाको रस।
चुहिदैन नुनिलो आँशु
र,तिमी पिउन सक्दैनौं पनि।
किनकि,
तिमीले पिउने आँशुमा
तिम्रै आलो रगत देख्नेछौ
सधै नै तिमीले।

तिमी
लाख सुइरो घोप
टुहुराको छातीमा।
र,दु:खाउन खोज
मुटु-कलेजो
अति नमिठोले।
दु:खदैन रत्तिभर
र, तिमी दाह्रा किट्दै
चिमोट्न सक्दैनौ पनि।
किनकि,
तिम्रो अनगिन्ति बचन सहँदै बाँचेको
तिम्रै निर्धन मुटु-कलेजो हो यो।

तिमी जत्तिसुकै
क्रुर बर्बरताको प्रदर्शन गर
र, मेटाइदिन खोज
उत्साहको जिन्दगी।
सक्दैनौ मार्न
र,तिमी खान सक्दैनौ पनि।
आफ्नै लाशको गतिलो चोक्टा।

भो
तिमी सपनाको साम्राज्यमा
टुहुराको दरबार बनाउछु नभन
र, नखोस उसको
एक्लोपनको
झस्कँदो निद्रा पनि।
केवल मान्छे!
प्रेममा बाँच्छ।
प्रेमले बाँच्छ।
सिर्फ प्रेम....

गजल - "आज किन आँशु झरेछ" - बज्र कुमार राई

थाहै नपाई आज किन आँशु झरेछ
तिमी बिना एक्लै बाँच्ने आशै मरेछ

आफुभन्दा प्यारो मान्ने यो जिन्दगीले
तिम्रो पाइला पछ्याउँदै खोला तरेछ

मभित्र अति हुने तिम्रो यादको भुकम्पले
यो मुटुको कुना कुना हलचल गरेछ

रहर मार्दै बाँच्नु पर्ने मेरै विवशताले
म बस्ने मनको वस्ती अन्तै सरेछ

मेटेर'नि नमेटिने लेखेको लेखान्तमा
सबै दोष र सरापहरु मलाई परेछ

Friday, April 2, 2010

गजल -बज्र कुमार राई

जरामा नै किरा लाग्यो सुक्दै गएँ डालि म त
नफूले'नि फूलहरु गोड्मेल गर्ने मालि म त

रोप्नेहरु मख्ख पर्छन् हरीयाली मलाई देख्दा
फलेर'नि फोस्रो भएँ बेमौसमको बाली म त

बर्षात आउँछ ढिस्को झर्छ मलजल रोक्न खोज्दा
नसकेर बाढी थाम्न भत्किएको आलि म त

निर्जन भयो एकलाश भयो जानेहरुले छाडी जाँदा
उदांग छु चौबाटोमा रित्तो घरको पालि म त

अन्जुलिमा थापी पिउँथे प्वाल भएर चुही दिंदा
भ्वांग पार्दै चोरी गरे भएँ आज खालि म त

कन्चन सपना धमिलियो फोहोरै फोहोरमा बग्नु पर्दा
थुकी हिड्छन् जो कोहीले दुर्गन्धित छु नालि म त

गीत -बज्र कुमार राई

ठिकै'थ्यें हे दैव किन भेट गरायौ
अभागी यो अनुहार किन मन परायौ

उनका लागि हजार आउँथे
बदनाम यी आँशु किन बगायौ
सक्छौ त देउ एउटा चिहान
दौडिएका मेरा मलामीहरुलाई किन सघायौ

एक्लो'थ्यो जिवन हर मधुमासहरुमा
भरेर अत्रिप्त रंगहरु किन जन्मायौ
आउथे,जान्थे आँखामा प्रेमका डोलिहरु
निम्तो दिएर मलाई नै मेरी प्रियसी किन अन्मायौ

गजल -बज्र कुमार राई

पढाई लेखाई जिरो थियो अहिले देश चलायो आलुले
आफ्नो निवास शहर सार्दै गाउँबस्तिलाई जलायो आलुले

जनावर झैं मान्छे भए गिठ्ठा-भ्याकुर अभाव हुँदा
आत्महत्या विवश पार्दै रुखमा मान्छे फलायो आलुले

उधोग-धन्दा उसकै भयो एक छाक खान हड्डी घोड्दा
ठुला-ठालु आफ्नो बनाइ हामीलाई चाहिं दलायो आलुले

कति ल्याउँछ?कहाँ कहाँ राख्छ?संसारभरि मागि हिड्डा
बिन्तिपत्र खुट्टा ढोग्दै स्वाभिमानी हाम्रो शिर ढलायो आलुले

झण्डा-डण्डा सबैको होस् अब शान्ति खोज्यौं भन्दा
हत्या-हिंसा, त्रासदीको धपधप आगो बलायो आलुले

गजल -बज्र कुमार राई

जरामा नै किरा लाग्यो सुक्दै गएँ डालि म त
नफूले'नि फूलहरु गोड्मेल गर्ने मालि म त

रोप्नेहरु मख्ख पर्छन् हरीयाली मलाई देख्दा
फलेर'नि फोस्रो भएँ बेमौसमको बाली म त

बर्षात आउँछ ढिस्को झर्छ मलजल रोक्न खोज्दा
नसकेर बाढी थाम्न भत्किएको आलि म त

निर्जन भयो एकलाश भयो जानेहरुले छाडी जाँदा
उदांग छु चौबाटोमा रित्तो घरको पालि म त

अन्जुलिमा थापी पिउँथे प्वाल भएर चुही दिंदा
भ्वांग पार्दै चोरी गरे भएँ आज खालि म त

कन्चन सपना धमिलियो फोहोरै फोहोरमा बग्नु पर्दा
थुकी हिड्छन् जो कोहीले दुर्गन्धित छु नालि म त

कविता , अन्तिम सम्बन्ध , -बज्र कुमार राई

म दुर्भाग्यबस थलिएर
भावनाको चिसो ओछ्यानमा
अचाक्ली मर्थें पलपल।

तिमी उर्दी हाल्थ्यौ-
निश:कोच हरियो बाँसको।

म आशा राख्थें-
कतै तिम्रो फलाम मन
पग्लन्छ कि!
मेरो आँशुको आरनमा।
बिडम्बना!
पूर्णत: मेरो चिहान खनाउनमा
ब्यस्त रह्यौ तिमी|

सम्भबत:
म मरेको नहुदो हुँ
तिमीले मुखमा
पट्टी बाँधेर
गाड्न लगायौ
जिउँदै मलाई।

अन्तत:
तिमीले देखायौ-
छाती पिटिपिटी
रगत मरेको दु:खद प्रमाण।

यहाँनेर नै,
मलामी हाँसे गलल
तिम्रो चारित्रिक नौटंकी देखेर।
किनकी,
म शकुशल
तिम्रो पछाडि उभिएर
हेर्दै थिएँ
तिम्रो प्रघाढ प्रेम
ममाथि कति रहेछ भनेर।

भैगो,
यहाँ अब
यी भाडाका मलामी
खरिद गरेर
तिमीलाई उधोमुन्टो
तड्पाइ तड्पाइ गाड्न चाहन्न म।

आखिर !
त्यो एकदिन आउँछ-
तिम्रो गोहीको आँशु सकिन्छ
र,तिम्रो मृत्‍युको आरम्भ हुन्छ
यस्तै पलपल।

म त यसै पनि-
तिम्रो डि.एन.ए.मा
मिल्दो मरेर
नमिल्दो जन्मेको छु फेरी
मेरो यथार्थसँगै....

कविता, पींडाभित्र अठोट खोज्दा , -बज्र कुमार राई

एकतमास
समस्याका ज्वरभाटा
उछिटिन्छन् अनुहारमा
खोज्दा-खोज्दै
समाधानका उपायहरु।

जुक्ती आउँछन् \ जान्छन्
बुध्दी लागेर लाग्दैन
मात्र अर्थको अर्थ अभावमा
गर्व नबस्दै योजनाको
तुहिन्छन् निर्दोष ति सपनाहरु
भत्काउँदै जिन्दगीको
सगरमाथा।

बाध्यताको रुप कालो!
जदौ जदौ गर्दै
लम्पसार पर्छ-
चरणको धुलो चाट्न।
यतिबेला-
नपाएर निमेषभर
करुणाका आँखाहरु
थुकिन्छन् \ कुल्चिन्छन्
मर्माहत हबिगतहरु।

परिस्थिति केरमेट भएर
अति नै
अस्पष्ट बन्छन्-
सक्कलि रुपचित्रमा।
खोइ कसले चिनोस्!
खोइ कसले बुझोस्!
भावशुन्य जिन्दगी।

यद्धपि,
यो नै अन्त्य होइन
सपना,संकल्प र योजनाहरुको।
अझै बाँकी छन्-
विवशताको ज्वालामुखी फुटेर बग्न
शीरदेखि पाइतालासम्म
पाइतलादेखि शीरसम्म।

अब
यिनै हिनता र कष्टहरुको
उचाई टेक्दै
उक्लने पो हो कि!
यस्तै असमान्तर घामतिर
जिन्दगीको गन्तब्यतिर
सम्पुर्ण पींडाको मिठासतिर।

गजल -बज्र कुमार राईTuesday, 30 March, 2010 6:27 AM

पढाई लेखाई जिरो थियो अहिले देश चलायो आलुले
आफ्नो निवास शहर सार्दै गाउँबस्तिलाई जलायो आलुले

जनावर झैं मान्छे भए गिठ्ठा-भ्याकुर अभाव हुँदा
आत्महत्या विवश पार्दै रुखमा मान्छे फलायो आलुले

उधोग-धन्दा उसकै भयो एक छाक खान हड्डी घोड्दा
ठुला-ठालु आफ्नो बनाइ हामीलाई चाहिं दलायो आलुले

कति ल्याउँछ?कहाँ कहाँ राख्छ?संसारभरि मागि हिड्डा
बिन्तिपत्र खुट्टा ढोग्दै स्वाभिमानी हाम्रो शिर ढलायो आलुले

झण्डा-डण्डा सबैको होस् अब शान्ति खोज्यौं भन्दा
हत्या-हिंसा, त्रासदीको धपधप आगो बलायो आलुले

गीत - बज्र कुमार राई

मेरो फोटोले माला लगाउँदा एक्लो नहुनु तिमी
बितेका ति पलहरु सम्झेर कहिल्यै नरुनु तिमी

भित्रभित्रै रोए पनि बाहिर भने हाँस्नु तिमी
नचाहेरै साथ छाडें अरु धेरै बाँच्नु तिमी

यो दिन हो उज्यालै छ मलाई अध्यारोमा नखोज्नु तिमी
बलेको बेला मुटुबीचमा आगो यादहरुले नझोस्नु तिमी

बिधाताको मन्जुरी यो भाग्य कमजोर नठान्नु तिमी
उडिरहेको यो आत्म मेरो आफूतिर नतान्नु तिमी

कविता ,मान्छेको अनर्थ र आरम्भ - बज्र कुमार राई

आमा!
तिम्रो आस्थाको मन्दिरमा
मानव बधशाला खोलेर
मान्छेको गर्धन छिनाल्छन् मान्छे
के तिमीले मागेको हौ र?
निंहत्था मान्छेका खप्परहरु।

यो के सोधें मैले!
यो के देख्नु \ सुन्नु पर्यो तिमीले!
जुलुश जुलुश मान्छेहरु
मृत्‍युको माग राखेर
जोरी खोज्दोछन् खोज्दोछन्

अचम्म छ उस्तै-
त्राही त्राही हत्याराहरुको।
साम्राज्य बन्यो तिम्रो छाती
बिगबिगी तस्करहरुको।

यहाँ
केही मुठ्ठी मान्छेले-
खोइ कताबाट \कसरी फाल्यो जाल
शान्त मान्छेको नदीमा
भुट्भुटिएका छन् मान्छे बगरमा।
तैपनि भन्छन् मान्छे
हामी बाँचेका छौं।

यहाँ नै-
केही मुरी मान्छे
अन्जान \ अपरिचित
पटमुर्ख \ अनागरीक छन्।
यदाकदा लुट्न पाएर
मान्छेको दुर्गम आश्था
भन्छन् मान्छे-
हामी दिनलाई रात
र,रातलाई दिन बनाउनेको पक्षमा
अग्रगामी छौं।

यहाँनेर मान्छेले-
किन बुझ्न सकेनौं!?
किन सिक्न सकेनौं!?
मान्छेको आधारशीला
सुसभ्य \ सुसंस्कार
शुशान्त जीवन जिउँनुको कला!

भोलिका लागि -
आज र अहिले भएर
सिक्ने पो हो कि?
सिकाउने पो हो कि?
मान्छेका स्वाधीन जीवनका सच्चाईहरु।
बिल्लिबाठ मान्छेका पाइलाहरु टेक्दै
रगतका अनगिन्ति टाटाहरु पखालेर
घामको नयाँ अनुहार
जन्माउदै
बस् जन्माउदै...

कविता , जिन्दगीका हरफहरु -बज्र कुमार राई

एउटा खोचमा
निख्लाम पल्टेकोछ
बगर जिन्दगी।

बग्छ बाढी
खहरे खोल्छाहरु
बगाएर घरीघरी
जिन्दगीको किनारा।

समाउने न त भुट्यानहरु छन्
रोक्ने,जोड्ने न त स्वरुपहरु छन्
सहनुको कुनै सीमाना छैन
फगत बग्नु छ-
बेठेगान
बेसंस्कार
घुलिंदै,अल्झंदै...
धमिलो बहाबहरुसँग...!

नभेटेको होइन-
नबगाएको पनि त होइन
कलकल आवाज
निर्मल मन
सुस्तरी चाल
र,स्पर्शी मिलन।

ति मात्र चोइटिएका
केही अविश्मरण
खाल्डाखुल्डी गाडिएर
अन्धावेग जिन्दगीमा
बग्यो निरन्तर
निरन्तर
सम्पुर्णता निथ्रुक्क भिजाउदै।

यस्तो लाग्दैन-
कतै अडिन्छ जिन्दगी
एउटा अत्यन्तै
स्वर्णिम
स्वप्निल
साथको आडमा।
मनोहरा भएर।

उल्टै छ-
कर्मनाशा
सयौं पहाडहरु ढालेर
रोक्न खोजे पनि
छेक्न खोजे पनि
नित्तान्त एकलाश जिन्दगीमा।

अब त-
खाँचो घोटेर गलामा
अयोग्यता भोक्दै ढल्नु छ जिन्दगी।
न हर्ष न त बिस्मात नै।
कुनै सारथी आयाममा।
कुनै सुनौंलो सुरुवातमा
मात्र भग्नाबशेषमा
टुक्रुक्क बसेर
हत्केला थाम्दै निधारले
थुकका छिटाहरुमा
खोज्दै छु जिन्दगी
कता उछिटियो!
कता हरायो!
एक्लै छाडेर
भोगाईहरु
जिन्दगीले
कोर्दैछु बगर जिन्दगी
अनि बाटोहरु...
बेअर्थ
बेमेल
जिन्दगीको दुइ किनारामा
जिन्दगी!
निरुत्तर
निरुध्देश्य
एउता अर्को जिजिबिषा
जिन्दगीमा।

गजल -बज्र कुमार राई

मेरो जन्ति अन्तै जाँदा आत्तियौ रे तिमी!
मलाई गालि गर्दा गर्दै तात्तियौ रे तिमी!

म कति उपहास भएँ तिम्रो प्रेमीको भीडमा
मेरो प्रस्ताव च्यात्दै-फाल्दै मात्तियौ रे तिमी!

आफूलाई बेचिबेचि तिम्रो माग पुरा गर्दा
रोजी-छाडी खुशी किन्दै पात्तियौ रे तिमी!

तड्पीएर तिम्रो स्वरलाई मनबाट जोडी हिड्दा
अपहरणकारीको फोन कल जस्तै काट्टियौ रे तिमी!

तिमीलाई भेटी पोखाउनलाई मनको बह साँचि हिड्दा
छल्काएर वैंशको छाल अरुसँगै साट्टियौ रे तिमी!

छुट्याइ दिउँ फरक माया फुकाएर चुल्ठो भन्दा
माइकलहरुको जुल्फिसँगै बाट्टियौ रे तिमी!

Thursday, March 25, 2010

बज्र कुमार राई, गजल

आर्यघाटमा पुगेपछि पिलायौ पानी किन!
मरीसकेका आँखाबाट झिक्यौ नानी किन!

सकेसम्म कमाई दिने मेसिन थिएँ म त
खिल्लि उडाई भवानाको बनायौ कहानी किन!

रोइ,कराई छाती पिट्दै जतिसुकै माग मलाई
आउँदिन म फर्किएर बन्छौ अभिमानी किन!

रोग,भोकसँगै जीवन काटें फुट्टिकौडी लान्न म
मेरो लाशलाई देखाउछौ धनको खानी किन!

सुहाउँदैन दानधर्म मनै पापी भएपछि
मेरो नाममा सुक्का बाँड्दै बन्छौ दानी किन!

बाँचेसम्म छि:छि: दुरदुर सधैं सहें मैले
मरे पछि माया गर्ने यस्तो बानी किन!

गजल- बज्र कुमार राई

भित्रभित्र काँडैकाँडा, बाहिर यो मलमल किन र !
बढाऊ हात, थिच घाँटी, अब यो अलमल किन र !

आँशु थप्दै दीयो बाल्थें मैले ईश्वर तिमीलाई मान्दा
निभाइदियौ मनको बत्ती अब यो झलमल किन र !

तिम्रो नामका पींडाहरु निरस एक्लो एकान्त छ
न लेख्नु छ, न देख्नु छ, अब यो चलमल किन र !

साधन मात्र रहेछु म तिम्रो प्रेमको परिभाषा
खर्चेर मलाई खरिद, गर मस्ति, अब यो ढलमल किन र !

दाउरासरी चिर्नु चि-यौ तिम्रो लागि हरपल मर्दा
रोपेर लाठी, आउँदैन पालुवा, अब यो मलजल किन र

तिम्रो नामको दैनिकी (कविता - बज्र कुमार राई) E-mail Print PDF बज्र कुमार राई

तिम्रो
पूर्णत: उन्मात जिन्दगीका लागि
मैले बगाएका खुन-पसिना
किन सार्थक भएनन् प्रिय?
तिम्रो परिकल्पनामा।
के तिमी भन्न सक्छौ?
मेरो बलिदानको परिभाषा!
के तिमी गन्न सक्छौ?
मैले आजसम्म सहेका
तिम्रा दाँतका डोबहरु!
कति निष्ठुर र पापी हगि?
तिम्रो आडम्बर र मेरो माया!


हवालहवाल्ती खुन छाद्दै
मर्छु \ पुन: बौराउँछु
तिमी वेवास्ता
पिउँछौ \ पिलाउँछौ
त्यही खुन
तिम्रा प्रियजनहरुलाई।
तिमी मारीहाल्न पनि सक्दैनौं
वा म मरीहाल्न सक्दिन
किनकि, म त्रसित छु कताकता
तिम्रो प्रेमको आतंकमा।
कतै मेरो लाश
कुनै कसाहीको पसलमा
बेच्ने त होइनौं!?

यस्तो नसम्झ फेरी-
म मृत्‍युको कायर हुँ
मलाई त तिम्रो नाममा
जोतिनु छ अझै
मलाई त तिम्रो नाममा
आइलागेका यि दिन र ऋणहरुसँग
बदनामीको होली खेल्नु छ अझै
मलाई त आफू मरेर
तिमीलाई बचाउनु छ अझै
हरेक पल
तिम्रो आँखामा
हुतिहारा भएर।

भो
म यहाँ सुकाउँदिन
मेरो जिन्दगीको बिस्कुन।
र,गन्दिन पनि
तिम्रो उपहारका पींडाहरु।
मलाई त यही रसिलो छ
हरदम मेरो आँखामा
यो मेरो प्रेमको प्रतिफल!
यो मेरो समर्पणको नतिजा!
आहा! कति राम्रो भाग्य मेरो
क्षितिजमा दुब्दै गरेको घाम जस्तो
हगि प्रिय?

Comments (8)

गजल (बज्र कुमार राई)

मेरो जन्ति अन्तै जाँदा आत्तियौ रे तिमी!
मलाई गालि गर्दा गर्दै तात्तियौ रे तिमी!

म कति उपहास भएँ तिम्रो प्रेमीको भीडमा
मेरो प्रस्ताव च्यात्दै-फाल्दै मात्तियौ रे तिमी!

आफूलाई बेचिबेचि तिम्रो माग पुरा गर्दा
रोजी-छाडी खुशी किन्दै पात्तियौ रे तिमी!

तड्पीएर तिम्रो स्वरलाई मनबाट जोडी हिड्दा
अपहरणकारीको फोन कल जस्तै काट्टियौ रे तिमी!

तिमीलाई भेटी पोखाउनलाई मनको बह साँचि हिड्दा
छल्काएर वैंशको छाल अरुसँगै साट्टियौ रे तिमी!

छुट्याइ दिउँ फरक माया फुकाएर चुल्ठो भन्दा
माइकलहरुको जुल्फिसँगै बाट्टियौ रे तिमी!

गजल बाजरा कुमार राई

ढाली सक्यो वैरीले नै अब मेरो जित नसोध
आफ्नाले नै घेरा हाले अरु कोही मीत नसोध

एकोहोरो शंखध्वनि उस्तै बोल्छन् रामनाम सत्य
त्यही सत्य नै सत्य बरु अब मेरो रीत नसोध

शब्दहरु अष्पष्ट छन् भूलिसकें भाकाहरु
कोट्याएर खाटा घाऊ अब मेरो गीत नसोध

चड्दै जाँदा सेतो हिमाल पुरिए'नि म त बाँचे
सेक्दैछु म हिउँको दाग जाबो शित नसोध


जिन्दगीको किताब मैले आगोमाथि फालि दिएँ
त्यही किताबमा सबै जले अब मेरो प्रित नसोध

गजल; बाजरा कुमार रा/ii

ढाली सक्यो वैरीले नै अब मेरो जित नसोध
आफ्नाले नै घेरा हाले अरु कोही मीत नसोध

एकोहोरो शंखध्वनि उस्तै बोल्छन् रामनाम सत्य
त्यही सत्य नै सत्य बरु अब मेरो रीत नसोध

शब्दहरु अष्पष्ट छन् भूलिसकें भाकाहरु
कोट्याएर खाटा घाऊ अब मेरो गीत नसोध

चड्दै जाँदा सेतो हिमाल पुरिए'नि म त बाँचे
सेक्दैछु म हिउँको दाग जाबो शित नसोध


जिन्दगीको किताब मैले आगोमाथि फालि दिएँ
त्यही किताबमा सबै जले अब मेरो प्रित नसोध

गीत - "करोडौं छ दुनियाँ मायालुहरुको" - बज्र कुमार राई

करोडौं छ दुनियाँ मायालुहरुको
तर किन एक्लो हेला भएँ म
अंन्धा छन् देख्ने आँखाहरु
तर किन एक्लो मेला भएँ म

बगाएकै छु पसिना जीवन जिउनुमा
तर किन हरदम ठेला भएँ म
चलेकै छ समय मेरा भरोसाहरुमा
तर किन पलपल अबेला भएँ म


पढेकै छन् कथा मेरो जिन्दगीको
तर किन आज शर्कश भएँ म
मिठास छन् मनका सम्बन्धहरु
तर किन आज कर्कश भएँ म

Friday, March 12, 2010

तिम्रो नामको दैनिकी (कविता - बज्र कुमार राई)

तिम्रो
पूर्णत: उन्मात जिन्दगीका लागि
मैले बगाएका खुन-पसिना
किन सार्थक भएनन् प्रिय?
तिम्रो परिकल्पनामा।
के तिमी भन्न सक्छौ?
मेरो बलिदानको परिभाषा!
के तिमी गन्न सक्छौ?
मैले आजसम्म सहेका
तिम्रा दाँतका डोबहरु!
कति निष्ठुर र पापी हगि?
तिम्रो आडम्बर र मेरो माया!


हवालहवाल्ती खुन छाद्दै
मर्छु, पुन: बौराउँछु
तिमी वेवास्ता
पिउँछौ\पिलाउँछौ
त्यही खुन
तिम्रा प्रियजनहरुलाई।
तिमी मारीहाल्न पनि सक्दैनौं
वा म मरीहाल्न सक्दिन
किनकि,म त्रसित छु कताकता
तिम्रो प्रेमको आतंकमा।
कतै मेरो लाश
कुनै कसाहीको पसलमा
बेच्ने त होइनौं!?

यस्तो नसम्झ फेरी-
म मृत्‍युको कायर हुँ
मलाई त तिम्रो नाममा
जोतिनु छ अझै
मलाई त तिम्रो नाममा
आइलागेका यि दिन र ऋणहरुसँग
बदनामीको होली खेल्नु छ अझै
मलाई त आफू मरेर
तिमीलाई बचाउनु छ अझै
हरेक पल
तिम्रो आँखामा
हुतिहारा भएर।

भो
म यहाँ सुकाउँदिन
मेरो जिन्दगीको बिस्कुन।
र,गन्दिन पनि
तिम्रो उपहारका पींडाहरु।
मलाई त यही रसिलो छ
हरदम मेरो आँखामा
यो मेरो प्रेमको प्रतिफल!
यो मेरो समर्पणको नतिजा!
आहा! कति राम्रो भाग्य मेरो
क्षितिजमा दुब्दै गरेको घाम जस्तो
हगि प्रिय?

Add your comment
Your nam

Thursday, March 11, 2010

म ढुङ्गा- बज्र कुमार राई

म ढुङ्गा- बज्र कुमार राई
म ढुङ्गा- बज्र कुमार राई7.2105

बाटोमा छु म

माटोमा छु म

जहाँ जहाँ तिम्रो जीवन

पाइतालामा छु म

टेक मलाई

कुल्च मलाई

या फुटाउ मलाई

जहाँ जहाँ तिमी चाहन्छौ

तिम्रो चाहनामा छु म

बहुलाउने खोला-खोल्छाको किनारामा छु म

हल्लिने समुद्रको छालमा छु म

जहाँ जहाँ तिमीसँग विनाशको गति आउँछ

तिम्रो प्रत्येक सुरक्षामा छु म

गाड मलाई

ठड्याउ मलाई

मिलाउ मलाई

या जोड मलाई

जहाँ जहाँ तिमी प्रयत्न गर्छौ

तिम्रो मिठो सपनामा छु म

झम्पल हान

मार्तोल ठोक

ओछ्याउ मलाई

थिच मलाई

सकेजति दबाउ मलाई

जहाँ जहाँ तिम्रो नियोजित योजना

तिम्रो हरेक सफलतामा छु म

कुँद मलाई

बुट्टाबुट्टामा

राख मलाई

चोकचोकमा

मन्दिरमा

गुम्बामा

चर्चमा

मस्जिदमा

या तिम्रो कुलमा

जहाँ जहाँ तिमी आस्थाको आकृति खोज्छौ

तिम्रो जिउँदो सम्पूर्णतामा छु म

म चिच्याउँछु

तिमी सुन्दैनौ

म रुन्छु

तिमी महसुस गर्दैनौ

तिमी प्रेम

म समपर्ण

तिमी शरीर म अस्थिपन्जर

जहाँ जहाँ तिमी बाँचेको हुन्छौ

तिम्रो सबै अस्तित्वमा छु म

म ढुंङा ।

Tuesday, March 9, 2010

कविता - "तिमीप्रतिको सदिक्षा" - बज्र कुमार राई

यदि
त्यो अन्तिम घडीमा
तिम्रो सामुन्ने घिटघिटाउँदै
तिमीबाट विदा हुने
अहोभाग्य मिल्यो भने
चाहेजति भकुर्नु मलाई
सराप्नु नानाथरी
थुक्नु\कुल्चनु
अनी झुण्ड्याई दिनु नांगै
चोकमा।
जहाँ अर्धकदको महान सालीक
मेरो बिजोक हेर्न
शदिऔं प्रतिक्षारत छन्।
त्यो बेला पनि-
बेइज्जत \ बेजात्रा भएर
अझै म माग्छु तिमीलाई।
मेरो दु:खाई
अनि खिल पल्टेका
अनगिन्ती घाउहरु।
तिमी जहाँ जहाँ
अलि अलि खाली खाली छन्
चिथोरिन बाँकी रहेका ठाउँहरु
त्यहाँ त्यहाँ,
आवेशले टोक्नु
हिनताबोधले नंग्रयाउनु।
फोर्नु छाती
निकाल्नु अन्तर अंगहरु
र,नियाल्नु रक्तबिहिन नलिहरु।
अनी बाँडी दिनु चोक्टा चोक्टा
प्रसाद
मन्दिर पेरिसरमा
देवताको सामुन्ने
भोकै,नांगै बाँचिरहेका
अर्ध मान्छेहरुलाई।
ति वेवारीश साना-साना नानीहरुलाई।
अनि,थाहा पाउनु थोरै
प्रेमको पारीभषा।
टुहुराको मन।
आफन्तको न्यानो स्पर्श।
यथार्थमा-
मान्छेको स्वरुप।
तर,मलाई
यसरी नै टोड्नु\फोड्नु\टुक्रयाउनु
कुनै कसुर नछाड्नु।
किनकी,
म मान्छेको दुनियाँमा
विश्वासको अपत्यारिलो हत्यारा हुँ।
हत्यारा....!!!
हत्यारा....!!!

Google Enter your search terms

गजल - "एक्लै म मरेर के गर्नु" - बज्र कुमार राई

तिमी मर्दैनौं मसँग एक्लै म मरेर के गर्नु!
पोखाइ दिन्छु आँशुको घैला भरेर के गर्नु!

तिम्रो यादको यात्री म खोज्छु बाटो तिमीलाई भेट्ने
तिमी बिछोड्न्छौ सात समुद्रपारी म खोला तरेर के गर्नु!

घर न घाटको मुर्दा म त बाँच्नु पर्दा विवशतामा
उड्दैछ धुँवा जलेर चिता अब रंङहरु छरेर के गर्नु!

अन्धकार भयो जीवनको वस्ती तिमीलाई नपाउँदा
लागेन घाम छाएन जुन अब टाढाको तारा झरेर के गर्नु!

रोपेका थियौं रंगिन सपना रुखो जीवनको फूलबारीमा
रोगी भो माया बाँचेन कतै अब खडेरीमा सरेर के गर्नु!

मुला (गजल: बज्र कुमार राई)

गाउँ छाडेर हिंडेको'थ्यो सिंहदरबार पसेछ मुला त
झुपडीको कुरा गर्थ्यो बंगलामा बसेछ मुला त

भन्ने गर्थ्यो भोट माग्दा सबै मेरा बा-आमा
बिर्सेंर जन्म दिने आकाशबाट खसेछ मुला त

रगत दिन्छु ज्यान दिन्छु यस्तै भन्थ्यो सधैं सधैं
हामी भने लडी रहयौं उचाहीं टाप कसेछ मुला त

कसलाई मार्यो कसलाई चुस्यो वा वा प्रगति
सच्चा भै कसम खान्थ्यो लोभलालचमा फसेछ मुला त

भोको हुन्थ्यो तिर्ख हुन्थ्यो सपनाहरु बाँडी हिड्दा
मागेर खान्थ्यो ढींडोरोटी हाम्रै पेटमा छुरा धसेछ मुला त

यो अन्याय,अत्याचारको नाइकेहरु को को हुन्
खोजि हुँदा चिन्लान् भनि खरानी घसेछ मुला त

Monday, March 1, 2010

गजल - "घाम लिएर आउनु तिमी" - बज्र कुमार राई

अध्यारो भो जीवन यहाँ घाम लिएर आउनु तिमी
अन्धा भए आँखा यहाँ द्रिश्टि भएर छाउनु तिमी

भोको पेट,नांगो शरीर अझै लुट्छन् डाकाहरु
उदास छन् मान्छे यहाँ चोखो प्रीति लाउनु तिमी

शैतान सोच,कोरी मन अझै लाउछन् नाराहरु
कर्कश भए आवाज यहाँ मिठो धुनमा गाउनु तिमी

आँशु सुक्यो,रगत बग्यो अझै बाँड्छन् सपानाहरु
स्तब्ध भए भावना यहाँ प्रेमी भएर धाउनु तिमी


माटो लग्यो,पानी लग्यो अझै बिक्छन् पापीहरु
देशको भूगोल जोगाइ राख्ने महान बिचार पाउनु तिमी

कविता - "जब म हराउँछु" - बज्र कुमार राई

कुनै रात अनयास
म तिमीबाट हराउनेछु
बेठेगान,बेखबर।
तिम्रो पलंङमा सुर्योदय छिरेर
सोध्ने छ मलाई
तिमीसँग।

तिमीले धेरै मन्दिरहरुमा खोज्नेछौ मलाई
तिमीले धेरै देवताहरुसँग सोध्नेछौ मलाई
अहँ,पटक्कै भेट्दैनौं
कुनै मन्दिरमा मलाई
कुनै देवातले भन्दैनन् पनि
मेरो ठेगाना तिमीलाई।

जब तिमी एक्लिन्छौ तिम्रै मनबाट
खोजी गर्ने छौ झनझन् मेरो
आफ्नो भन्नुको पहिलो पंङ्तीमा उभ्याएर।

तिमीले सम्झनेछौ\सम्झनै पर्छ पनि
तिम्रो घाँटीमा बाँधिएको
दाम्लोको गाँठो फुकाइ दिने मै हुँ
तिम्रो छातीमा गाडीएको किला उखेली दिने मै हुँ
तिम्रो गलामा दबिएको आवाज निकालिने मै हुँ
तिम्रो पेटमा पसिनाको रस भरिदिने मै हुँ
तिम्रो यहाँसम्मको जिन्दगीको उटघाटन गरिदिने मै हुँ
आँख अगाडि थिएँ-
देखेनौं त के गरुँ म!
अब नसम्झेर सम्झनु पर्छ तिमीले।
तिमी अति डुब्नेछौ
मेरो खोजिमा
जताततै.

तर नखोज है-
त्यो सुन्दर घरको
झ्यालढोकाहरुमा
कोठाहरुमा
भित्ताहरुमा
तेताकतै-
म पाइला भएर हिंडिरहेको हुन्न।
म लाश भएर निंदाइरहेको हुन्न।
म स्‍मृति भएर झुन्डिरहेको हुन्न।
तर तिम्रो खोजी निरन्तर हुनेछ।
त्यो असंमभब....
हामी नदीका दुई किनारा!!
हामी एउटै सिक्कामा दुई पाटा!!

Friday, February 26, 2010

poem बोइङ्ग र सपनाहरु, -बज्र कुमार राई

प्रत्येक पल
मभित्रको धर्ती
क्रमश: छाड्दै छाड्दै
बादलहरुको स्वप्नील सम्राज्य माथि माथि
बोइङ्ग उड्छ आकाशतिर
र, यो रोकिन्छ समुद्रपारी
आन्जान धर्ती आकाशमा
जहाँ म बेचिएको हुन्छु।

मेरो उडिजाउँ जस्तो उमेर
सम्झौतामा कैद हुन्छ वर्षहरुका लागि
अब म-
उही नामको
उही शानको
अनि
उही उही र केहीको रहन्न
मात्र श्रमीक् म।
मसँग-
भारीका भारी सपनाहरु हुन्छन
बोकाइएका \ जबरजस्ती बोक्नु परेका
आशादीत सपनाहरु।
जसबाट म
उम्केर भाग्न सक्दिन
चिच्याउन \ रुन \ कराउन केही पाउँदिन।

बाँच्नुको भन्दा
मर्नुकै \ मारीनुकै त्रास पालेर
हरेक उज्ज्यालो \ अध्याँरो
छिचोल्नुपर्छ मैले।

यही केही वर्षमा-
फेरी मलाई बोइङ्गले
बाहल श्रंखला बीच उडाउँदै उडाउँदै
मेरो धर्तीमा ओर्हाल्नेछ
यही बीचमा मलाई
केही कमाउनुछ \ केही बचाउनुछ
सुटकेसभरी उपहारहरु जुटाउनुछ
साँच्चै खुशी खुशीले जीवन काटाउँनुछ।

अफशोच,
मेरै भाग्य पर्‍यो भने
विगत इराकको
लेखान्त हुनेछ त्यो।
मैले बिर्से भने-
शवासप्रशवास मरुभूमिमा
संघर्ष हुनेछ जिन्दगीको त्यो
मेरै आँखाले देख्यो भने
चुरोटले पोलिएका
आइरन डामिएका
बलात्क्रत शरीर
दिदी बहीनीको।
मैले भेटें भने जेलमा
ज्यान मुद्दामा फसाइएकी डोल्मालाई
मसँगै मेरो दुखनेछ
मसँगै मेरो राष्ट्रियता उठ्नेछ
र, फेरी बाढी आउनेछ रगतको
मानव वस्तीहरु डुबाउँदै डुबाउँदै।
यो नै शुरुवात र अन्तय हुदैंन
उडिरहनेछ बोइङ्ग
देखिरहनेछ सपनाहरु
जसरी मैले देखें-
बोइङ्ग र सपनाहरु......

poem तिमी, बज्र कुमार राई

यो कुष्ट जीवनमा
तिमी वसन्त आयौ
तिमी
कहिल्यै समयान्तरमा
ठोक्किएर।लडेर
बिर्सिएर प्रेम
आँधितुफान नहुनु भोगाईमा।
नउडाउनु भरोसाका छानाहरु
उताकतै नाआउनु साइफन
नउराल्नु शान्त समुद्रका छालहरु
नबगाउनु
यो जिर्ण जीवन
हिड्दै गरेको सडकबाटै।


यो बाँझो तिर्खाहरुमा
तिमी
बाँध फुटेर
नउर्लनु
नडूबाउनु डूबेर
शौभाग्यवस बाँच्दै गरेको जिन्दगी।
नधमिलिनू मुहान तिमी
बगिरहनु अबिराम
रक्तनलीहरुमा।

यो कठांग्रिएको आस्थामा
तिमी
रोगमा
भोकमा
शोकमा
सम्पूर्णतामा
प्राण बनेर आयौ
तिमी
नआत्तिनु
नमात्तिनु
नतात्तिनु
जीवनको हरेक दुरदशाहरुमा।

यो जीन्दगीको एउटै र
एकबारको यात्रामा
कथांकाल साथ छाडीहाले भने मैले
जलाई दिनु मलाई
कुनै अस्तु अवशेष बाँकी नरहोस मेरो
तर जल्दा नै पनि
सकिंदा नै पनि
तिम्रो स्‍मृति
तिम्रो प्रेम-सागर
यो तिम्रो गुणै-गुणले थिचिएको
पिरिएको
आफैंभित्र छ्ट्पटाइरहेको
अपुरो \ अधुरो
आत्म मेरो
तिमीप्रतिको समर्पणबाट
जलेर
कसरी सम्झिन्छ होला र।
हगि प्रिय?

माग(कविता)बज्र कुमार राई

उसले मागेको होइन-
सिंगो शहर र बंगला
उसलाई नचुहिने छाना देउ

उसले मागेको होइन-
अर्काको धर्ति-आकाश
उसलाई आफ्नो देशको अनुभुति देउ

उसले मागेको होइन-
विदेशबाट बाकसमा लाश
उसलाई गरिखाने ठाउँ देउ

उसले मागेको होइन-
पुरातन विचार र ओिलिएको कर्म
उसलाई संसार पछ्याउने प्रविधि देउ

उसले मागेको होइन-
भ्रस्टचारमा जागिर जोख्ने रास्ट्रसेवक
उसलाई सरल,सुलभ शुशान देउ

उसले मागेको होइन-
होडिङ्बोर्डको अंग्रेजी विग्यापन र शिक्षाको ब्यापार
उसलाई एुटा पाठशाला देउ

उसले मागेको होइन-
किड्नी झिक्ने अस्पताल
उसलाई एुटा स्वास्थ्य केन्द्र देउ

उसले मागेको होइन-
भाषाण बांड्ने खुल्लामन्च
उसलाई एुटा चौतारी देउ

उसले मागेको होइन-
नेताको जुलुस र विवादको सिंहदरबार
उसलाई असल नेत्रित्व देउ

उसले मागेको होइन-
कुक्रित्य र कालो धन
उसलाई नैतिकता र सफा मन देउ

शुभकामना छ!
असल भएर महान बन
उसलाई सुनौलो शुरुवात देउ ।


--------------------------------------------------------------------------------
See what's on at the movies in your area. Find out now.

गजल बज्र कुमार राई

अपराधि ठानुन् मलाई रगत-नाता टोड्दैछु म त
तिम्रो प्रेमको सहाराले जेलको भित्ता फोड्दैछु म त

यी आँखा नि' सुख्खा भए मनलाई थाम्न नसकेर
तिम्रो यादमा सुक्दै गएँ बाँकी हड्डी घोट्डैछु म त

आफन्तमा खोटो भएँ आफ्नो नामको खोज्दै जाँदा
जोडेर भाग्यरेखा तिम्रो बाटोतिर पाइला मोड्दैछु म त

कति बाँचुँ तिमी बिना संसार एक्लो भएपछि
घटाएर मेरो आयु तिम्रो उमेर जोड्दैछु म त

भेटिन कतै टुहुराको सपना झ्याउ जिन्दगी खोज्दै जाँदा
त्यागेर प्राण तिम्रो काखमा अलिकति बिस्मात् छाड्दैछु म त

कविता, समयको बोधार्थ,- बज्र कुमार राई

समय!
गरीबको भावनासँग
समर्पित माया गाँसेर
बारम्बार र बारम्बार
बलात्कार गर्यौ-
बिच सडकमा तिमीले
सोझा,निमुखा र निर्धाहरुको।

ति निर्मम रातहरु उज्यालै छन्
ति निर्दोष अत्या\आत्महत्याहरु आलै छन्
कहालीलाग्दो आँखामा-
जवान छोराहरुको घाँटीमा
इराक रेटिनुभन्दा विभत्श्य
शरीर काटिए,मारीए

कति डांडापारीका घामजुनहरु
दिदीबहिनी र नाबालकहरु
क्षत् विक्षत लाश भए
कति जले निमेषभर
घर,गाँउ-बस्ती र मान्छेका सदरमुकामहरु।
साँच्चै त्यो-
भोगाइ र दु:खाइमा
हिरोशीमा र नागाशाकीभन्दा कहाँ कम छ र!

समय!
भो नाऔ-
मान्छेको विचारमा देश खोस्नलाई
गोलाबरुद्, बम विस्फोट भएर।
बाँच्न देउ-
विधुवीको भोको जिन्दगी
हुर्कन देउ-
खोलेफांडोले आधा पेट अघाएर
सुँक्सुकाउँदै निद्रा खोजिरहेका
त्रसित लालाबालाहरुलाई।
मर्न देउ-
उमेरभरको सहज म्रीतु
चहुरी अनुहारहरुलाई।

समय!
भो कहिल्यै नाऔ
यताकतै पनि
कुनै वाद प्रतिवाद बोकेर
नगर-
बहुला अतिक्रमण
मान्छेको गतिशिल क्रमिकतामा।
नमाग-
कुनै संकल्पमा
बलिदान र शाहदतहरु।
अब हामी
युगान्तरको पछौटे बिमार मारेर
हातेमालो गाँस्न चहन्छौं
हामी शान्तिदुत भएर
तिम्रो गतिमा डौड्न चाहन्छौं
समय्!
तिमी साधुवाद!!!
समय!
तिमी जिन्दवाद!!!

गीति कविता, मान्छेले मलाई मार्दै थिए- बज्र कुमार राई

बोलिमा गोलि थिएन तैपनि मलाई मार्दै थिए
मान्छेको रमीते भीडमा मर्नु न बाँच्नु पार्दै थिए
लातै सहन्थे बरु हजुर मुखमा थुक पार्दै थि
मान्छे मान्छेको भीडमा हजुर मान्छेले मलाई मार्दै थिए

आफ्नैले मारेको त्यो क्षणमा बर्बरी आँसु झार्दै थिएँ
आत्मा नै नभएको आफ्नाले लाजशरम मेरो खोल्दै थिए
ज्यान मागे बरु दिन्थे हजुर जिउँदो लाश मलाई पार्दै थिए
आफ्नोले आफ्नैसँग हजुर मेरो चित्त काटी बाँड्दै थिए

मरीरहेको त्यो क्षणमा अझै मरीहाल् तँ भन्दै थिए
नहुनु सारोको जवाफमा अनुहार म छोप्दै थिएँ
कता हो कता जाँउ जस्तो हजुर मनभित्र अठोट खोज्दै थिएँ
गरेरै खान्छु भनेर हजुर अध्यारोमा हिड्दै थिएँ

कविता, तिम्रो जन्मप्रति, -बज्र कुमार राई

तिम्रो यो जन्मको खातिर
टाउकोमा कात्रो बाँधेर जिउँदै
हामीले थुप्रै बिभत्स्य मृत्‍युको
रङ्गीन होली खेल्यौँ -
अफ्नै छरपष्ट सपनाहरु
आफ्नै छातीमाथि
निर्वाध आगो सल्काउँदै।

यस्तो लाग्थ्यो-
जसरी हामी मारिन्छौं
गाडिन्छौं \ जलाइन्छौं
माटोको काखमा।
त्यसरी नै,
हामी उम्रन्छौं पनि
रगतको गुलाब भएर
यो माटोको सुन्दर बगैंचामा।
र,हाम्रो वालिदानको फैलिंदो सुगन्धमा
रोपिंदै जानेछन् \ फैलिंदै जानेछन्
श्रद्धासुमन फूलहरु।

यो तिम्रो जन्मले-
यो माटोमा
सबै फूलहरुको फूल्ने चाहनाहरु समान बन्नेछ।
र, रङ्गीबिरङ्गी फूलहरुको
हँसिलो अनुहारमा
पुर्णत : एुटा देश रमाउन पाउनेछ।
यही सदिच्छाको पदचिन्हहरु टेक्दै
सबै शान्ति र समुन्नतिहरु
हामीसम्म आएर
निर्ढुक्क बस्नेछन्।

अब तिमी हुर्किसक्यौ यो माटोमा
हाम्रो आस्था, विस्वास् र भरोसामा
तिमी आफ्नो विजयमा
आफैं पराजित बनेर
नभाग्नु हाम्रो मनोकांक्षाहरुबाट।

हामीले अफसोच मान्नुपर्‍यो भने
तिम्रो यो जन्मलाई
शायदै जन्मन्छौ-
फेरीफेरी तिमी
हाम्रो समर्थनको कोखहरुबाट।

गीत, सपना भने देखिरहें - बज्र कुमार राई

कति मीठो हुन्थ्यो होला यो प्रेम झैं जीवन भए।
बाँचिरहुँ लाग्थ्यो होला तिमीसँगै जिउँन पाए।

रहर थियो कतिकति भड्किरहयो यताउति।
सपना भने देखिरहें तड्पीरहयो जिन्दगानी।

एकदिन त यस्तो आउला तिमीविना मरी जाँउला।
मलामीको हातमा भने चिट्ठी तिमीलाई छोडी दिउँला।

नपढ्नु मलाई सक्यौ भने बरु आँखाले बगाउनु।
मान्छे विनाको कागजी कथा आगोले जलाउनु।

दुनियाँमा यस्तै चल्छ, दुखियाको हार नै हुन्छ।
भाग्य सार्‍है खोटो रहेछ सम्झनामा मन रुन्छ।

Thursday, February 25, 2010

सिन्दुर र मेरो कथा, बज्र कुमार राई kawitaa

रगत जस्तै-
रातो,साँचो र खाँचो छ भनेर
आगोको सपथ खानेको हातबाट
मैले सिन्दुरको दासत्व स्वीकार गरें।


त्यही क्षणबाट नै-
म जन्मदाताबाट
रगत-नाताबाट
नमज्जाले विछोडिएँ।

त्यो सिन्दुरको नाममा
मेरो नाम हरायो
मेरो स्वर हरायो
मेरो मनोकांक्षा हरायो

म अर्धाङ्गिनी भएँ
म आईमाई भएँ
यथार्थमा मेरो अर्को जन्म भयो।

सिन्दुर भनेको-
म बाँधिनुमा
एउटा निरंकुश शाशकले
ममाथि शाशन गर्नु रहेछ भनेर
मैले मेरो निरीहता बुझें-

म मर्नुभन्दा मारीनकै लागि हो
मैले लुटाईरहनमा भाग्य ठान्नु पर्छ
मैले उसको पाउलाई मेरो शीर मन्नु पर्छ।

यसरी,
म उसको त्रिष्णामा प्यास भएर
म उसको आवश्यकतामा दासी भएर
म उसको खुशीमा हाँसो भएर
म उसको मर्यादामा सीता भएर
मात्र बाँचिरहे। मात्र बाँचिरहे।

एकदीन,
आमाले भन्नु भो
छोरी! म स्पष्ट बुझ्छु
सिन्दुर र तेरो कथा

फरक यति हो-
तँ सिन्दुरसँग पीडाको अनुभूति गर्छस्
म सिन्दुरभित्र उन्मुक्तिको खोजी गर्छु
सिन्दुर र रगत रातै हुन्छ
सिउँदो रंगाउने हात पो पापी हुन्छ

मैले सोधें-
आमा! के अब म त्यो पापी हात काटीदिउँ त?
आमा अनुत्तरीत हिड्नु भो
मलाई छाडेर
तर मैले यो कथाको अन्त्य गर्नु'छ।
किनकी बारंम्बार नबल्झोस कतै पनि
सिन्दुर र मेरो कथा।

कविताः एउटा देशको वर्तमान सन्दर्भ -बज्र कुमार राई

प्रत्येक मान्छेको छातीभित्र
वर्तमान चर्केकोछ
आवेश बढ्दैछ
संकीर्णता उठ्दैछ
कतै यो फुट्दैछ
कतै यो सल्कँदैछ
सबैलाई देश चाहिएकोछ।
र, नै माटोवादीहरुको नंग्राबाट
देशको मुहार नराम्ररी कोतरिएकोछ।

इतिहासमा कहिल्यै नहारेको बहादुरी
व्याख्या गर्ने बुज्रुकहरु
एउटा दुलोमा लुकेर
दृष्टिकोणको बाली
कुटुकुटु सिध्याउँदैछन् !

आमाभन्दा महान हुन्छ देश भनेर
बुझेका जवान देशप्रेमीहरु
कसको बहकाउमा भड्किँदैछन् ?
कुन त्यस्तो स्वर्णिम स्वार्थ प्राप्तिमा
आफ्नी आमाको शरीर
छिमेकीले काटिरहेको सहँदैछन् ?

अस्ति मात्र-
नागरिकता जित्यौं भनेर
निमुखालाई सन्देश बाँड्दै हिँड्नेहरु
कुन अभिप्रायको निम्ति
आमाको पेट फुटाएर
कुन बंगलामा
के-के योजना बुन्दैछन् ?
के-के सम्झौता गर्दैछन् ?
हिजो मात्र-
पेटको लागि
बिमारको लागि
आँशुको लागि
तपाई-हाम्रो गर्विलो भविष्यको लागि भनेर
माटोको बिकट गाँउँवस्तीहरुसँग
कात्रो देखाएर
प्रेम गाँस्नेहरु
कुन विषालु हावाको भुमरीमा फँसेर
रनभुल्ल छन् ?
आफ्नै विजयको रंगहरुसँग हारेर
कस्तो सिद्धान्तको प्रतिपादनमा छन् ?

सयौं वर्षपहिले
समयले फालिसकेको
एकात्मक टोपी र लौरोलाई
अवतार मानेर
मान्छे र देशमाथि
हुकुम चलाउँदै
मस्तीको जिन्दगी बिताउनेहरु
कुन ‘चेस बोर्ड’मा विचारमग्न छन् ?
कस्तो सही मौकाको प्रतीक्षामा
कुन चाल समातेर कहाँ-कहाँ बसेकाछन् ?

भर्खरै मात्र -
समयलाई जालमा पारेर
देशको समथर भू-भाग
हाम्रै मात्र हो भन्दै
देशको सम्पैर्ण भूगोल बिर्सनेहरु
कुन परचक्रीको धिन्ताङमा
पाखण्डी नाच नाच्दैछन् ?
कुन भाषा-धर्मको महासंग्राम गराएर
राष्ट्रियता ढाल्दैछन् ?

यतिबेला देशलाई-
सच्चा पहरेदार चाहिएकोछ
हामी मौन रमिते लाटाहरुलाई पनि
देश चाहिएकोछ ।
र, नै देश अलमलिएकोछ ।

(गीत) बाँचिदिन्छु मधुरो-बज्र कुमार राई

हेर्नुमा त घाम नै थिएँ
छायाँ बोक्नु पर्‍यो मैले
कर्ममा त राम नै थिएँ
वनवास भोक्नु पर्‍यो मैले

विधाताले यस्तै लेख्यो
भाग्य मेरो छानी-छानी
यो जिन्दगी यस्तै रै’छ
कतै घाम, कतै पानी

कुन रावणले हरण गर्‍यो
छल गरी मेरो नासो
जीवन मार्न किन लाग्छ
मेरो प्रेम मलाई पासो ?

आज म एक्लो भएँ
प्रेमीको बजारमा
कहींकतै छैनौं प्रिय
यो दुनियाँको हजारमा

केवल मेरो समर्पण छ
कथा रह्यो अधुरो
जूनकिरीको जून भएँ
बाँचिदिन्छु मधुरो

कविता ,मान्छेको अनुभूतिमा साँडेहरु -बज्र कुमार राई

साँडेहरु,
मान्छेको बिस्कुन थिचेर
लालीगुरांसको खून चपाउँदै
आवाजहरुको मूलबाटोमा
एउटा अपूर्ण निद्रा सुतिरहेछ।
भनेका थिए-
मान्छेहरुले मुस्कुराउँदै
अब कदापि साँडेहरुको अस्तित्व
यो झुल्के घामसँग उदाउने छैन
सगरमाथा उचालेर
भर्खरै ओर्लेका
गन्तव्यशील पाइलाहरुको
गर्विलो अनुभूतिले
यो धर्ती साँडेहरुको
प्रत्येक ओछ्यानमा फाट्नेछ
र पुन: जोडिनेछ।
अब,
साँडेहरुको कुनै विर्य प्रभावित सपनाहरु
मान्छेको दिनरातमा
बलात्कार गर्न आउने छैन
दुर्भाग्य भनौं मान्छेको
धर्ती फाटेन-
वलिदानको सिमानामा।
माटोभित्र बुद्धका गतिशील टाउकोहरु
उम्रन खोजिरह्यो, खोजिरह्यो
ती टाउकाहरु
साँडेहरुले मान्छेको आँखा फोडेर
र्‍याल र्‍याल्ती चपाइरहयो, चपाइरहयो….
साँडेहरुले,
मन्दिरमा
मस्जिदमा
चर्चमासाँडेहरु,
मान्छेको बिस्कुन थिचेर
लालीगुरांसको खून चपाउँदै
आवाजहरुको मूलबाटोमा
एउटा अपूर्ण निद्रा सुतिरहेछ।
भनेका थिए-
मान्छेहरुले मुस्कुराउँदै
अब कदापि साँडेहरुको अस्तित्व
यो झुल्के घामसँग उदाउने छैन
सगरमाथा उचालेर
भर्खरै ओर्लेका
गन्तव्यशील पाइलाहरुको
गर्विलो अनुभूतिले
यो धर्ती साँडेहरुको
प्रत्येक ओछ्यानमा फाट्नेछ
र पुन: जोडिनेछ।
अब,
साँडेहरुको कुनै विर्य प्रभावित सपनाहरु
मान्छेको दिनरातमा
बलात्कार गर्न आउने छैन
दुर्भाग्य भनौं मान्छेको
धर्ती फाटेन-
वलिदानको सिमानामा।
माटोभित्र बुद्धका गतिशील टाउकोहरु
उम्रन खोजिरह्यो, खोजिरह्यो
ती टाउकाहरु
साँडेहरुले मान्छेको आँखा फोडेर
र्‍याल र्‍याल्ती चपाइरहयो, चपाइरहयो….
साँडेहरुले,
मन्दिरमा
मस्जिदमा
चर्चमासाँडेहरु,
मान्छेको बिस्कुन थिचेर
लालीगुरांसको खून चपाउँदै
आवाजहरुको मूलबाटोमा
एउटा अपूर्ण निद्रा सुतिरहेछ।
भनेका थिए-
मान्छेहरुले मुस्कुराउँदै
अब कदापि साँडेहरुको अस्तित्व
यो झुल्के घामसँग उदाउने छैन
सगरमाथा उचालेर
भर्खरै ओर्लेका
गन्तव्यशील पाइलाहरुको
गर्विलो अनुभूतिले
यो धर्ती साँडेहरुको
प्रत्येक ओछ्यानमा फाट्नेछ
र पुन: जोडिनेछ।
अब,
साँडेहरुको कुनै विर्य प्रभावित सपनाहरु
मान्छेको दिनरातमा
बलात्कार गर्न आउने छैन
दुर्भाग्य भनौं मान्छेको
धर्ती फाटेन-
वलिदानको सिमानामा।
माटोभित्र बुद्धका गतिशील टाउकोहरु
उम्रन खोजिरह्यो, खोजिरह्यो
ती टाउकाहरु
साँडेहरुले मान्छेको आँखा फोडेर
र्‍याल र्‍याल्ती चपाइरहयो, चपाइरहयो….
साँडेहरुले,
मन्दिरमा
मस्जिदमा
चर्चमा
गुम्बामा
प्रत्येक मान्छेको अनुहारको बनोटमा
आदि् अनादिमा
आस्था् अस्मितामा
कालो पिसाव बगाइ दिएर
सम्पूर्णतामा
मान्छेकै छातीभित्र
प्रतिशोधको आगो सल्काइदियो।
र, यो आगोले देश र मान्छे जलाइरहेछ।
मान्छेले,
देवता, दानव, भूतप्रेत अनि भूगोलको
आदीम र अनेक युद्धहरु जितेकोछ।
तर,
किन मान्छे
साँडेसँग पराजित
गोबर अनुहारहरु स्वीकारिरहन्छ ?
किन माटोको गर्भिणी ममता कुल्चेर
साँडेहरु जन्मिरहन्छ ?
ओ मान्छे !
यो मिर्मिरेको पूर्वसन्ध्यामा
औ-
चन्द्र, सूर्य फहराउँदै
नयाँ स्वरहरु गुन्जाउँदै
इन्क्लाव ! इन्क्लाव !! इन्क्लाव !!!
त्यो तिम्रो देशको लागि
त्यो मान्छेको उन्मुक्तिको लागि
यसपटक, छेक बरु
समय नै अभागी हो भने पनि
यो विभत्स मान्छेको मनभन्दा
किन्चित फरक हुँदै हुँदैन।
मान्छेले जितेकैछ, जित्नुपर्छ
हरेक समयका साँडेमय अवरोधहरु…..

कविता, शहरबाट खातेको वक्तब्य ,बज्र कुमार राई-

यो शहर मेरो पनि हो
तर होइन-
यहाँका कुनै घर, बंगला र चुलिंदो भवनहरु।
मेरै त हुन नि!
यहाँका सडक गल्लि, रत्नपार्क, आकाशेपुल र खुल्ला मठमन्दिरहरु

मलाई यहाँ जहाँपनि भेट्न सक्नुहुन्छ!
पशुपतिको छेउमा वाग्मतीको अनुहार जस्तो
म कतै गन्हाइरहेको हुन्छु फोहोरसँग
म कतै सुतिरहेको हुन्छु कुकुरसँग
म कतै मागिरहेको हुन्छु भिख तपाईसँग।
मसँग तपाईले बोल्ने भाषा छ
मसँग तपाईको जस्तै धर्म छ
मसँग तपाईको जस्तै राष्ट्रियता छ
नियालेर हेर्नुस त मलाई
तपाईंको हुबहु मिल्ने मसँग धेरै कुराहरु छ

मसँग मात्र छैन
मेरो वास्तविक
आमा- बाउ
नातेदार र नागरिकता।
तर यहाँ सबैले चिन्छन मलाई
'खाते' भनेर।
अब भन्नुस् यो शहर मेरो हो कि होइन?

मेरो ठेगाना यही शहर हो
म गाँउमा बस्दिन
तपाईलाई निकै थाहा छ
गाँउमा चोर्न पाइन्न
गाँउमा लुट्न पाइन्न
गाँउमा मार्न पाइन्न
गाँउमा लुक्न पाइन्न
गाँउमा भाग्न पाइन्न

गाँउमा सुन्धारा हुदैन
गाँउमा रत्नपार्क हुदैन
गाँउमा ठमेल हुदैन
गाँउमा हुदैन-
चौबिसै घन्टा खुलेआम चेलि बेच्ने अड्डाहरु।
गाँउमा हुदैन-
नांगो नाच, कर्कश आवाज, जुवाघर
र, कुमान्छे बनाउने अखडाहरु।
गाँउमा हुदैन-
सिंहदरबार, बालुवाटार र मुगदर्शकहरु
भन्नुस त तपाई आफैं
के तपाई बस्न सक्नुहुन्छ गाँउमा?
के तपाईको ठेगाना छ गाँउमा?
अँह तपाई चाहंदैमा भाग्न सक्नहुन्न
यो शहरबाट।

यो शहरमा तपाईको आँखाहरु डुलेकाछन्
तपाईको सपनाहरु छरिएका छन
तपाईले धेरै जान्नु भएको छ यो शहरलाई।
तपाईले धेरै रोमान्स गर्नु भएको छ यो शहरमा
यसर्थ,
यो शहर मेरो भन्दा तपाईको बढी हो।
मलाई त 'खाते' भन्छन् यँहा
तर, तपाईलाई म के भनौं?
यो शहरमा आजकल म
तपाईको नाम खोज्दैछु।

ओ मेरी परदेशी प्रियसी ! (गीत) E-mail Print PDF बज्र कुमार राई

ओ मेरी परदेशी प्रियसी !
तिमीलाई यति माया म गर्दोरहेछु
प्रत्येक मेरो ढुकढुकीलाई छामे]
तिमीबिना हरेकपल म मर्दोरहेछु

विश्वास त तिमीलाई के लाग्थ्यो र!
न मलामी न घाट म जल्दोरहेछु
दुनियाको म अभागि टुहुरा
तिम्रै प्रेमको कात्रोमा म बल्दोरहेछु

बाँच्दै पनि म कहाँ बाँचे र!
पीरै पीरको पहाड म पाल्दोरहेछु
सपनाको भारी म एउटा विवश प्रेमी
तिम्रो तस्वीर सजाएर म आफुलाई बाल्दोरहेछु

देखे जति सबै सत्य कहाँ हुन्छ र!
तिमीलाई पाएको दिवास्वप्न सधैं म देख्दोरहेछु
दोबाटोमा मरेको म एउटा नांगो लाश
तिमी हिड्ने सबै मूलबाटो म छेक्दोरहेछु

गजल - "तिम्रो दैलो ढुक्दिन म" - बज्र कुमार राई

शीर काटेर भूईमा ढलोस् तिम्रो सामु झुक्दिन म
यो रोगभोग नै प्यारो मलाई तिम्रो दैलो ढुक्दिन म

जति भाग्छु उति खेद्छौ सुँघ्दै मेरा पाइलाहरु
भैगो अब थर्थराउँदै दुलोभित्र लुक्दिन म

तिम्रो नामले चोट दियो खोटो भाग्य भोग्दै जाँदा
आकशतिर मुन्टो फर्काइ आफ्नै अनुहार थुक्दिन म

जोड्यौ मात्र सधैं मलाई ब्याजको स्याज गनिगनि
घटाई हेर बहीखातामा कत्ति पनि चुक्दिन म

सपनाको भरीया भएँ यो जिन्दगी भोग्दै जाँदा
आफ्नो धरातल बिर्सिएर जुनतारामा पुग्दिन म

गजल, "मेरो हालखबर," - बज्र कुमार राई

नसोध मेरो हालखबर घाँटी रेटी मर्दैछु साथी
आत्महत्या कबुल गरी माटो मुनि पर्दैछु साथी

साडेसातले समातेर ईज्जत लुट्न थालेपछि
भिड्दा-भिडदै फुत्किएर भीरबाट झर्दैछु साथी

ठुलाठुला सपना बोकी शहरतिर भागी हिंड्दा
आफ्नै लाशको मलामी बनेर गाँउतिरै सर्दैछु साथी

प्राणको भिख दिने आफ्नो मान्छे नभेटेपछि
सडिएको तनमनलाई फूलबुट्टा भर्दैछु साथी

नदिनु मलाई शब्दसुमन स्राधान्जलि अब रहेनौं भनेर
म त मदै बाँच्ने अभ्यास मात्र गर्दैछु साथी

गजल - "मैले सिकेको छु" - बज्र कुमार राई

कोही बिना मर्दै बाँच्न मैले सिकेको छु
कति काँडा मुटुबाट मैले झिकेको छु

यो दुनियाँ महँगो भो खुशी किन्नु पर्दा
कुहिएको सस्तो भाउमा म नै बिकेको छु

सपनाको हत्या भयो अन्तर्घाति आफ्नो हुँदा
भास्सिएको तिखो छुरा मैले झिकेको छु

मलामिको तांति छैन आफु एक्लै मर्दा
आगोमाथि चुपचाप जल्न मैले सिकेको छु

कर्म सधैं हारिरह्यो आफ्नो मन साटी हिड्दा
बदनामीको कालो दागमा म नै बिकेको छु

गजल - "मेरो लाश ढाल्यौ तिमीले" - बज्र कुमार राई

फुल्न थालेको जिन्दगी मेरो निमोठेर फाल्यौ तिमीले
रगत-आँसु चुसीचुसी मेरो लाश ढाल्यौ तिमीले

ध्वजा धवजा च्यातिएर तिमीलाई न्यानो बाँड्दै हिड्दा
मेरो शरीर लुछिलुछी आफ्नो आङ टाल्यौ तिमीले

तिम्रै निम्ति दु:ख-सुखको एक एक पाइ जोगाई दिंदा
पसिनाको कुम्लो कसी आफ्नो डेरा सार्यौ तिमीले

आफ्नो पींडा भुलेर तिम्रो अनुहार पढि हिड्दा
मेरो माया लुटीलुटी आफ्नो गर्जो टार्यौ तिमीले

रोग,भोक,शोकमा तिम्रै लागि रातदिन जग्राम बस्दा
रमितेको घुंईचो बीचमा काटिकाटी मार्यौ तिमीले

गीत - "किन बेग्लै लग्छ यो साँझ" - बज्र कुमार राई

तिमी हुँदाहुँदै मभित्र
किन एक्लो भएँ म आज
अतित पनि होइनौ तिमी
किन बेग्लै लग्छ यो साँझ

तिम्रो नामको मदहोशीले
कहाँ सबै रात कटाउछ र!
म पगल प्रेमी हुँ भन्दै हिड्दा
कसले मलाई बचाउछ र्

अति नै भो तिम्रो माया
नरम नरम बिश झैं लाग्छ
नपिउनुथ्यो पिइसके
पिइरहन नै बेश लाग्छ

कसरी म त्यगौ तिमिलाई
आत्म मेरो ठेश लाग्छ
मुटुभरी नशाभरी तिमीलाई नै
बगाई रहन बेश लाग्छ

कविता - "विडम्बनाको आव्हान" - बज्र कुमार राई

देख्दा देख्दै नदेख्ने भएछन
माटोको सपथ खानेहरु
लेख्दा लेख्दै नलेख्ने भएछन
देश लेख्ने कलमहरु
गाउँदा गाउँदै नगाउने भएछन
माटोको गीत गाउनेहरु
सुन्दा सुन्दै नसुन्ने भएछन
उन्मुक्तिको सपना बाँड्नेहरु
हरेराम! सबै सबै परजीवि भएछन
'नयाँ नेपाल' बनाउनेहरु।

अब खोइ!
कहाँसम्म हो
कतिसम्म हो
बलात्कार भोग्नु पर्ने हामीले।
हाम्रो आकाशमा
हाम्रै अस्तित्व लुछ्न
गिद्धहरु घुम्दोछन
हरेकपल हाम्रै खुम्चेको छातिमथि
हजारौं परचक्री सैनिकहरु
परेड खेल्दोछन्।
एम्बुसमय छ
सीमास्तम्भहरु
सयौं बन्करहरु तम्तयार छ युद्धमा
हाम्रो टाउको गोलाबरुद्ध सामुन्ने छ
कति तर्सनु शसंकित मन?
कति मर्नु जिउदै?
कति खुमच्याउन दिनु देशको भुगोल?
कति देखाउनु बिन्तिपत्र अनुहारहरु?

ओ परजीवि महाशय!
खोइ कहाँ बुझ्यौ इतिहास?
कहाँ बनायौ देश?
कहाँ बच्यौ अखण्डता?
कहाँ भयो एकता?
अब,
हमी कति सहुँ-
आजसम्म तिमी आफैंले नबुझेको
पण्डित्याईं र पुराण श्लोकहरु।
भो अब अति भो!
सगरमाथा लत्याएको पनि
बुद्ध सटिएको पनि
आउ एसपटक,
हाम्रा पाइलाहरुले भुगोल सिमांकित गरौं।

कविता - "म यसरी आउँछु" - बज्र कुमार राई


तिम्रो जीवनमा
आकाशको जुनतारा लिएर आउने होइन
न त वसन्तको पालुवा भएर नै आउँछु
अौन त पक्कै आउँछु-
हावाको मन्दमन्द गति भएर आउँछु
खोला सुसाएको चाल भएर आउँछु
खोल्छाको कलकल आवज भएर आउँछु
त्यो बेला-
मलाई मनभित्र कैद गर्न खोज्ने छौ
मलाई स्पर्शमा बाँध्न खोज्नेछौ
मलाई तस्विरमा सजाउन खोज्नेछौ
अहँ सक्दैनौं तिमीले
मेरो दुकदुकी समाउन
तिम्रो लाख कोशिश असफल हुनेछन्।
म तिम्रो जिवनमा
लालिगुरांसको जंगल फुलेर आउने होइन
न त सेताम्य काँस फुलेर नै आउँछु
आउन त पक्कै आउँछु
क्षितिजमा बिदाइको घाम भएर आउँछु
त्यो बेला-
मलाई समाउन खोज्नेछौ
मलाई बटुल्न खोज्नेछौ
मलाई स्विकार्न खोज्नेछौ
अहँ सक्दैनौं-
मलाई माया गर्न।
चाहेजति नै खोज मलाई
तिम्रो छट्पटीमा..
तिम्रो विवशतामा....
मलाई प्यासमा पिउन खोज्यौ भने
म फेवाताल भएर आउँछु
मलाई आँखामा रसाउन खोज्यौ भने
म बर्सात भएर आउँछु
मलाई निकाल्न खोज्यौ भने-
तिम्रो मन-मस्तिश्कबाट
म हरपलको याद भएर आउँछु
जतिसुकै भाग तिमी
मेरो स्म्रितिको दु:खाईबाट

तिम्रो हरेक पाइलाको
अघिल्तिर उभिंदै आउँछु
म यसरी आउँछु
तिम्रो जिवनमा
जन्मान्तरको प्रेमी भएर.....

कविता - "तिमी गएपछि" - बज्र कुमार राई

दिनलाई रात बनाउँदा
रातलाई दिन बनाउँदा
जति अवमुल्यांन हुन्छ समयको।
हो हामी त्यस्तै भएका छौं
तिमी गएपछि......

सुनेको मात्रै हो-
यता हामी निदाउँदा
त्यता तिमी उठ्छौ रे!
यता हामी ब्युँझदा
त्यता तिमी सुत्छौ रे!
त्यसरी पो जम्काभेट नहुदोरहेछ हाम्रो।
कुनै पनि समयमा।
हो हामी त्यस्तै भएका छौं
मनको सम्पर्कमा जोडेर तिमीलाई
छाताछुल्ल पोखिएका छौं
तिमी गएपछि......

गाउँघरतिर तिमीलाई-
दाउरा-घाँसको गुनगुननाइमा खोज्यौं
आलो-पालोमा खोज्यौं
हरेक उत्सवमा खोज्यौं
तर तिमी कुनै ढोल-झ्याम्टा र सनाहीमा थिएनौं
बाँसुरीमा थिएनौं
मादलमा थिएनौं
बिनायो\ मुर्चुङा
अनि सारंगीमा पनि थिएनौं
हो,हामी यस्तै आशे भएका छौं
तिम्रो अनुपस्थितिको।
तिमी गएपछि......

शहरतिर तिमीलाई-
भेडेटार आँखाहरु उचालेर हेर्यौ
तिम्रो पौरखका सुन्दर वस्तिहरु।
त्यहाँ थिएनौं तिमी
धरान भएर बाँचिरहेको।
तिम्रो सम्झनामा अझै चियायौं
फेवातालको छातिमा
मनोरम द्रिश्यहरु
त्याहाँ पनि थिएनौं तिमी
पोखरा भएर बाँचिरहेको।
हो हामी सधैं त्यस्तै देख्न खोज्छौ तिमीलाई।
तिमी गएपछि.....

जोरीपारी
हाम्रो पाइला छेकेर भन्छन्-
"अब यो तेरो बाटो होइन"
वैरीहरु
बन्दुक तेर्साएर भन्छन्-
"अब यो तेरो माटो होइन"
हेर त! कति अभाव छ तिम्रो।
तिमी गएपछि......

कुरा सत्य हो-
तिम्रो आवाज
कताकता जुन्जे जस्तो त लाग्छ
तर हामी उठेको जुलुसमा तिमी पुगेनौं।
तिमी तम्तयारी छौ जस्तो त लाग्छ
तर हामी शहिद हुनुको संख्यामा तिमी गनिएनौं।
यसरी तिमी जाने त गैहाल्यौ.....
हामिलाई त
आजको तुवालो र बादलहरुसँग
लड्दै-भिड्दै
भोलिको सुर्योदय सुनौलो उदाउनु परेको छ।
तिमी गएपछि......

कविता - "विश्वास" - बज्र कुमार राई

देखिदैन हावा
हुरीबतास भएर आउँछ
आँधितुफान भएर आउँछ
वरपिपल हामी ढल्नु हुदैन
पातहरु त हजारौं झर्दै गर्छ।

म एउटै चौतारीमा
तिम्रो अनुहारको ठिक सामुन्ने
रोपिएर हुर्किएको तिमीसँगै।
तिम्रो हरेक छायाँमा
झ्यामिंदै\खापिंदै
तिमीसँग एकाकार भएको छु।
तिमी कदापि
कतै जानै सक्दैनौं
मेरो अस्तित्व छुट्याएर
मेरो दुनियाँभन्दा बाहिर।

संकट हो-
चक्कुभन्दा तिखो भएर आउँछ
खुकुरी\कट्टीभन्दा धारिलो भएर आउँछ
तरबारभन्दा लामो भएर आउँछ
गोलिभन्दा छिटो भएर आउँछ
हामी थोरै पनि-
हच्किनु हुदैन
आत्तिनु हुदैन
डराउनु हुदैन
लड्दै हिड्नु पर्छ हामी।
किनकि,धार मेटिन्छ
गोलि सकिन्छ
तर हामी सकिदैनौं
हाम्रो साथहरुबाट।

अजम्बरी यथार्थ होइन-
चोट लाग्छ
पींडा हुन्छ
भलै हामी सकिन्छौं
रहरलाग्दो स्पर्शबाट।

कथांङ्ग कदाचित
सकिंए भने म मात्रै
तिमीलाई राखेर हिउँको घरभित्र
म आत्म
तिम्रो शरीरमा
ओठ जोड्न आइ नै रहन्छु।

मलाई
जीवन मरेर
हामी मर्छौ भन्ने
पटक्कै विश्वास लाग्दैन।
मानौं म अतिवादी बिरोधि हुँ।
त्यसर्थ,
हामी छुट्दैनौं \ टुट्दैनौं
मर्दैनौं \ घट्दैनौं
कुनै सपनाहरुबाट।
कुनै सत्यहरुबाट।

कविता - "प्रेम" - बज्र कुमार राई

मन अशान्त छ
आँखा लठ्ठै मातेको छ
निंदाउदैन मस्तले ज्यान
देख्छ दिवास्पप्न
बगाएर आँशुको खहरे।

चाट एकार्कालाई
नतङ्ग्रेको पाठापाठी
गोजिमा तस्वीर बोकेर।
प्रतिज्ञा गर
सपथ खाउ
प्रशंशा गर्दै-
रुपको....
स्वरको....
ब्यबहारको.....
बिर्स सामाजिक नीति-नियम
बिर्स थुप्रै भोलिहरुसँग लड्दै बाँच्नु पर्छ भन्ने पनि।
मिसाउ दुधमा पानी मिसाए झैं
एकार्काको आत्मलाई।
र,संभोग गराउँदै
जन्माउ खिलपल्टेको अनगिन्ति भविश्य
क्यान्सरमय बाटाहरु खन्दै।

अन्धा छ रे प्रेम!
लाटो\बहिरो
र,उत्ति नै असहाय पनि।
एकार्काको भाषा बुझ
छल \ढाँट आफुलाई
लुकाउ \ छोप आफुलाई
छर्लङ्ग डोकोभित्र।
बटुवालाई रमिता देखाउँदै।

जोड दुइ जिन्दगी
मनाउ उत्सव पहिलो भेटको
र, भोग्दै जाउ-
घ्रिना\पश्चताप
अन्योल \दोषारोपण
त्यस्तै आदि आदिको
एकबारको जुनिमा
खुशीको फूलबारीमा
आगो लगाउँदै।

आगो न हो-
सल्काई मात्र देउ
आफैं दन्किन्छ दन्दनी।
विश्वास र भरोसाको पाटा कालो बनाउँदै
त्यसैमा बेनाम जल्छौ\मर्छौ
तर प्रेम शहिद हुंदैन

अनि एकार्काको स्वादमा
खुर्सानीको भात खान पनि नछाड।
ओ प्रेम!
अर्को एक जोडी
त्यही आगोमा हाम फाल्न तयार छ।
हो त साँच्चै!
प्रेम अंअर छ!?
प्रेम महान छ!?

कविता - "समर्पण" - बज्र कुमार राई,

रातो गुलाब देखाउँदै
प्रस्ताब राख्छन प्रेमको।
सुन्दर बगैचाहरु
बारम्बार मलाई।
म एक \ दश \सय बार
तिरस्कार गर्छु!
तिरस्कार गर्छु!!

म बजारीया रंगभन्दा टाढा छु
मलाई त सुनाखरी नै आत्मीय छ
त्यही मेरो स्विकार्य फूल हो।


मेरो प्यास
कताकता बुझे जस्तो गरेर
हत्तारिदैं पछ्याउछन
सङ्लो खोलाहरु
म अन्त्यैतिर मोडिन्छु।
मलाई प्यास धाउनेहारुसँग
असाध्यै डर लाग्छ।
म एउटा रोजाइको निम्ती उपवास बस्दैछु।

गन्हाउँदै
सुगन्धको खोजिमा
मलाई झुठहरुले छोपिदिएकै होस्
म त भावनामा
संसार भुल्ने मान्छे
जो हो एक नै हो-
उसैको श्वासप्रश्वासमा
आफ्नो प्राण खोज्छु।

आबश्यकता हो
सहयात्रीको
अभाब होइन
अंगालोमा बाँध्नेहारुको।
खोजे जस्तै गरेर
रोजे जस्तै देखाएर
बाँधिए जस्तै भैइ दिएर
मिलाई दिन्छु अलिअलि तन-मन त के भो!
मलाई अर्काको सन्तुस्टी मन पर्छ
पग्लियोस धेरै नशाहरु.....
म आफैंलाई ढाँट्दै
कसैमा समाहित भैरहेको हुन्छु।

टुहुरालाई राजा बनाएर
वेसंस्कार
वेअर्थ
म गर्व गरिरहेको हुन्छु।
थाहा छैन-
म उसको आँशुसँग खेलिरहेको हुन्छु।

आउ सम्बन्ध जोड्न खोज्नेहरु हो!
म सपना बाँड्न सिकाउँछु
मुर्ख बनाएर टुहुरालाई
म चरित्र लुकाउन सिकाउँछु
म भनी दिन्छु-
नीहुँ कोट्याएर्....
हो हो हो,मा नै हो!
तिम्रो मन लुट्ने
म जस्तो हुँ नौटंकी
तिम्रै लागि हुँ
तिमी बाहेक
मेरो कुनै सपना छैन।
जे जे सोच-
त्यो त तिम्रो कुरा
मैले सिंहासन तिमीलाई दिएकै हुँ।
मेरो नाटक तिमीमा समर्पण छ।
म तिमीमा समर्पित छु।
नरोक मलाई
नछेक मलाई
बग्न देउ मलाई
तिमीभित्रको बाटो भएर .....
हरपल हरपल